भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • टिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्षमा दिलबहादुर श्रेष्ठ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार १३:००

    काठमाडौँ, ३० चैत । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्षमा दिलबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

    समितिको नवौँ वार्षिक साधारसभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष, प्रथम उपाध्यक्ष, तृतीय उपाध्यक्ष र सहकोषाध्यक्षबाहेक अन्य पदमा निर्वाचन भएको थियो ।

    समितिको वरिष्ठ उपाध्यक्षमा सुमन वोगटी ५०५ मत ल्याएर विजयी हुनुभएको समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले जानकारी दिनुभयो ।

    यस्तै, प्रथम उपाध्यक्षमा शिव ओझा, द्धितीय उपाध्यक्षमा अमर श्रेष्ठ (५६३), तृतीय उपाध्यक्षमा राजु सन्याल, सचिवमा हेमराज श्रेष्ठ (६६१), सहसचिवमा राजन श्रेष्ठ (४८३), कोषाध्यक्ष प्रदीप बस्नेत (६७६) मत ल्याई विजयी हुनुभएको छ ।

    यस्तै, सहकोषाध्यक्षमा मनोज कार्की, सचिवालय सदस्यमा हरि पाठक (५३७), कुमार श्रेष्ठ (५४३), राजु रेग्मी (३८१), आनन्द राजथला (३३८) र साजन पौडेल (३२५) मत ल्याएर विजयी हुनुभएको हो ।

    यस्तै सदस्यमा प्रेमबहादुर बानिया, राजु पौडेल, शम्भु पौडेल, सुवास अधिकारी, सुरज खतिवडा, प्रमोद थापा, विष्णु कार्की, सविनकुमार राई, रविन्द्र सन्याल र धर्म गोपाली निर्वाचित हुनुभएको छ ।
    समितिको नवौँ साधारणसभा एवम् छैटौँ महाधिवेशनको शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु