फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • निमाको ‘हेर्देउन मायाले’मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार ०८:५१

    काठमाडौँ । विल्सन विक्रम राई (तक्मे बुडा) र नायिका रजनी गुरुङको मुख्य भुमिका रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    यस गीतमा स्वर गायक तथा समाजसेवी निमा तामाङको रहेको छ। भद्रकला आङबुहाङ राईको शब्द रहेको यस गीतलाई बादल लिम्बुले संगीतवद्द गरेका हुन्। म्युजिक भिडियो विल्सन विक्रम राई ( तक्मे बुडा ), रजनी गुरुङ बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।

    पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ। किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो। तक्मेबुडा डट कम मार्फत भिडियो सार्वजनिक गरिएको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु