• माडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार १२:२५

    काठमाडौँ, ३१ चैत । माडवारी सेवा समिति नेपालले समाजसेवी दिपक वंशललाई स्थायी विशेष आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।

    माडवारी सेवा समितिको आइतबार बसेको कार्यसमिति बैठकले समाजसेवी वंशललाई स्थायी विशेष आमन्त्रित सदस्यमा मनोनित गरेको हो ।

    वंशलको सहभागितामा माडवारी सेवा समिति नेपालले गर्ने क्रियाकलाप तथा सेवा कार्यमा उल्लेखनीय योगदान पुग्ने समितिले जनाएको छ ।

    लायन्स क्लब अफ काठमाडौँ समर्पणको पेसिडेन्टसमेत रहनुभएका वंशलले कोरोनाको समयमा अक्सिजन बैँक स्थापना गरी समाजसेवाको क्षेत्रमा उल्लेख्य काम गर्नुभएको थियो ।

    समाजसेवी बंशल शंकर गु्रपका एक्जिुक्यूटिभ फाइनान्स डाइरेक्टर समेत हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु