दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

व्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र ३१ गते, मंगलवार १२:३५

काठमाडौं ।नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य दिपेन्द्र कुमार खत्री नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा मनोनित हुनु भएको छ ।व्यावसायीहरुका समस्या समाधानका लागि क्रियाशील खत्रीलाई उद्योग बाणिज्य महासंघ अन्तर्गतको उक्त केन्द्रको बैठकले उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।कृषि उद्यम शिलताको प्रवर्द्धन गर्ने,कृषि उद्यम सम्बन्धि योजना बनाउने ,कृषि उद्योगमा लगानी भित्र्याउने, निजि क्षेत्रलाई सकृय बनाउन पहल गर्ने,कृषि जन्य वस्तुको आयात निर्यातमा सहज वातावरण बनाउन सरोकारवाला सँग समन्वय साझेदारी गर्ने जस्ता काम निजि क्षेत्र बाट यो केन्द्रको महत्त्वपूर्ण भुमिका हुने गर्छ ।

साविकको मध्यपश्चिम विकास क्षेत्रको उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत भैसकेका खत्रीको उद्योग क्षेत्रमा ठुलो लगानी र मेहनत भएका कारणले उहालाई उक्त पदमा नियुक्त गरिएको हो । खत्रीको सामाजिक संघसंस्था तथा व्यावसायीक लगानीको क्षेत्रमा संलग्नता रहेको छ ।खत्रीले आफुलाई उक्त अवसर प्रदान गर्ने केन्द्रका अध्यक्ष अरुणराज सुमार्गी, महासंघका अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, निवर्तमान अध्यक्ष भवानी राणा, पुर्व अध्यक्ष सुरज बैध, कार्यसमितिका पदाधिकारीहरु , तुल्सीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु र संघ परिवार आदिलाई आभार प्रकट गरेका छन ।साविकको राप्ती अञ्चल बाट उद्योग बाणिज्य संघ बाट प्रतिनिधित्व गर्दै आएका खत्री लोकप्रिय व्यावसायीको रुपमा परिचित छन ।

जन्मथलो सल्यान बाफुखोला भएका खत्रीले कर्मथलो दाङको तुलसीपुरलाई बनाउदै आएका छन ।२०५७ साल मा तुलसीपुर उद्योग बाणिज्य संघको सदस्य हुदै सहसचिव ,कोषाध्यक्ष बाट तुलसीपुर उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्षको नेतृत्व गरेको अनुभव समेत उहाँ सँग छ । दुई बर्षको कार्यकालमा तुलसीपुर उद्योग बाणिज्य संघले खत्रीलाई एक कार्यकाल सर्वसम्मत अध्यक्ष नेतृत्वको जिम्मेवारी दिएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु