• पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार १७:४४

    काठमाडौं, ३१ चैत्र । नेपालमा कोरोना भाइरसका आज ४ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    आज १ सय ५३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार ३ सय ७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु