• सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दैआज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

    नयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार २१:२३

    काठमाडौँ, ३१ चैत । निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले नयाँ वर्ष विशेष प्याकेज अगाडी सारेको छ ।

    ग्राण्डीले विस २०७८ साललाई लक्षित गरेर रु २०७८ मै स्वास्थ्य परिक्षण गर्न सक्ने गरी विशेष प्याकेज अगाडि सारेको हो ।

    अस्पताल पेसेन्ट केयर सर्भिसेजका सहायक महाप्रबन्धक अर्चना प्रधानले नयाँ वर्षलाई लक्षित गरेर ग्राण्डीले रु २०७८ मै स्वास्थ्य परिक्षण गर्न सकिने गरी विशेष प्याकेज अगाडि सारेको जानकारी दिनुभयो ।
    ग्राण्डीले जनरल स्वास्थ्य परिक्षण, मधुमेह र हाडजोर्नी सम्बन्धि स्वास्थ्य परिक्षणका लागि उक्त सहुलियत प्रदान गरेको हो ।

    जनरल स्वास्थ्य परिक्षणअन्तर्गत क्लड सुगर चेकजाँच, कोलेस्ट्ररोल, सिविसि, इएसआर, युरिन रुटिन, क्रियटिनाइन, एसजिओटी, एसजीपीटी, युरिक एसिड, इसिजी, अल्ट्रा साउण्ड, छातीको एक्सरे, डक्टर कन्सल्टेसनलगायत सेवाहरु पर्दछन् ।

    मधुमेह स्वास्थ्य परिक्षणअन्तर्गत ब्लड सुगर (खाली पेटमा र खानापछि), क्रियटिनाइन, लिपिड प्रोफाइल, युरिक एसिड, युरिन रुटिन, इसिजी, आँखा परिक्षण, डाइटिसियन र डक्टर कन्सल्टटेसन पर्दछन् ।
    यसैगरी, हाडजोर्नी प्याकेजअन्तर्गत वोन मिनेरल डेन्सिटोमेट्रि, क्ल्याल्सियम, युरिक एसिड तथा डक्टर कन्सल्टेसन पर्दछन् ।

    यसअघि ग्राण्डीले जनरल स्वास्थ्य परिक्षणका लागि रु ४ हजार ५५, मधुमेह सम्बन्धि स्वास्थ्य परिक्षणका लागि रु ३ हजार ९५५ र हाडजोर्नी सम्बन्धि स्वास्थ्य परिक्षणका लागि ६ हजार ३४६ रुपैँया लिँदै आएको थियो ।

    मधुमेह सम्बन्धि स्वास्थ्य प्याकेज लिएर ‘एचविए वान सी’ गर्न चाहने विरामीका लागि ५० प्रतिशत सहुलियत प्रदान गरिने अस्पतालले जनाएको छ । यस्तै, विरामीले हाडजोर्नीसम्बन्धि स्वास्थ्य प्याकेज लिएर भिटामीन ‘डि’ को परीक्षण गरेमा उपचारको ५० प्रतिशत सहुलियत पाउनेछन् ।

    यसअघि ग्राण्डीले ‘एचविए वान सी’का लागि रु एक हजार ४०० र भीटामीन ‘डि’ को परिक्षणका लागि रु चार हजार ३९० रुपैँया लिँदै आएको थियो । यो प्याकेज ग्राण्डीले वैशाख महिनाभर उपलब्ध गराउने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु