फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • नयाँ बर्षको शुभकामना-सरस्वती गजुरेल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार १७:१०

    सुख,शान्ति र समृद्धिको बहार बनी आओस्
    आत्मियता र भात्तृत्वले शान्ति विगुल छाओस्
    हत्या,हिंसा र अपराध विलाएर जाउन्
    समृद्धि र सद्गुण फर्कीफर्की आउन् ।

    रोग शोक महामारी नासिएर जाओस्
    नेता प्रजा सबैमा सद्बुद्दिले छाओस्
    अन्यायलाई न्याय अनि दोषी परुन जेलमा
    सोझासाझी नपरुन है दुई नम्बरी खेलमा ।

    भ्रष्टाचारी, बलात्कारी किरा परी मरोस्
    समाजसेवी, कर्मनिष्ठ सधै अघि बढोस
    हावाहुरी, आगलागी, बिपत्तिको नाश
    हरकोहिको मुहारमा छाओस् नयाँ आश ।

    द्वन्द, कलह, अनेकता हराएर जाउन
    बैगुनिले पनि अब गुनै मात्र लाउन
    भातृत्वको भाव जागी बनुन सबै एक
    शान्ति र समृद्धिको पढ्न पाइयोस लेख ।

    स्वाभिमानी शिर झुकाई रुक्न नपरोस्
    परदेशीको हेपाईमा झुक्न नपरोस्
    नयाँ साल, नयाँ चाल, खुशी लहर देख्न
    हतारमा छन यी कलम परिवर्तन लेख्न ।

    आफ्नो देशको सीप,श्रम बेच्न नपरे
    रिसराग एकअर्कामा कहिल्यै नगरे
    खुशी रहोस् सबको मन आशु नझरोस्
    आत्मबल र आत्मविश्वास कहिल्यै नमरोस् ।

    सफलताको बिजभरी खुशी पलाओस्
    तेरो मेरो तछाडमछाड सबै हराओस्
    दुश्मनी र आतंकलाई पुर्दै माटोमा
    सबैलाई देख्न पाइयोस् असल बाटोमा ।

    बसन्तको आगमनले ल्याओस् हजुर बहार
    फलोस फुलोस जीवन सबको खुशी रहोस् मुहार
    सकारात्मक बन्नु सधै लिई असल भावना
    नयाँ बर्षको हजुरलाई लाखौंलाख शुभकामना ।।

    सरस्वती गजुरेल
    बेलकोटगढी नगरपालिका–१०, नुवाकोट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु