बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

एन्जल्स हार्टको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २ गते, बिहीबार १९:१०

काठमाडौं ।एन्जल्स हार्ट नेसनल स्कुलले यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल छात्र जुनियर क्रिकेट लिग– २ मा बिहीबार विजयी सुरुआत गरेको छ ।
एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टर, मनमैजुद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा एन्जल्सले ओसिस क्रिकेट एकेडेमीलाई ४० रनले पराजित ग¥यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एन्जल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १४३ रन बनायो । एन्जल्सका युवराज खत्रीले ४४ बलमा ७३ रन बनाए । उनले ८ चौका र २ छक्का प्रहार गरे । सन्दिपले २७ बलमा ६ चौका मद्दतामा ३६ रन प्रहार गरे । बलिङतर्फ ओसिस्का निराजन उप्रेतीले २ तथा श्याम नेपाल र रोहित शर्माले १–१ विकेट लिए ।
जवाफी व्याटिङमा उत्रेको ओसिसले पूरै २० ओभर खेल्दै १०३ रनमा अलआउट भयो । राजु विकले २९ तथा निराजन उप्रेतीले १८ रन जोडे । बलिङमा एन्जल्सका युवराज खत्रीले ३ तथा कमल शाही र प्रतिक पण्डितले २–२ विकेट चट्काए । ४–४ ओभर बलिङ गरेका युवराज र कमलले २–२ ओभर मेडन राखे । युवराज ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताको तार्केश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेलले एक कार्यक्रमबीच उद्घाटन गरिन् । सो अवसरमा प्रा.डा. लोकेन्द्र शेरचन, एन्जल्स हार्ट माविका प्रिन्सिपल धनबहादुर पुन, लिलबहादुर पुन, आशिर्वाद पुनलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा ८ टिम सहभागी छन् । सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।
शुक्रबार २ खेल हुने छ । ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए) ‘बी’ ले ओसिस तथा एन्जल्स हार्ट नेसनल स्कुलले एन्जल्स हार्ट मावि विरुद्ध खेल्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु