फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार ०५:०३

    ०३ बैशाख, काठमाडौं । ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता आयोजाना गरेको छ । उक्त प्रतियोगिताको फाइनल यँही आउदो बैशाख ०४ गते हुदै छ ।

    यो प्रतियोगितालाई काठमाडौंमा स्थित गोकर्णश्वर नगरपालिकाले सहकार्य गरेको छ । दुई विद्यागत रुपमा प्रतियोगितामा करिव १८ जना प्रतिस्पर्दीहरुले सहभागि जनाएका छन् । भने मिस डिवाइन ब्यटी नेपालमा १० जना तथा मिसेस गोकर्णश्वर पेजेन्ट नेपालमा ८ जना प्रतिस्पर्दीहरु रहेको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक शैलेन्द्र शेष्ठले डिजिटल खबरलाई जानकारी दिनुभयो ।

    प्रतियोगिताको मिस डिवाइन ब्यटी नेपाल २०२१को समूहमा अविवाहित युवती रहेको छन् । जसमा प्रतियोगितामा सहभागि जनाउनको लागि एसईई भन्दा माथिको योग्यता निर्धारण गरेको थियो। भने उमेरमा १६ देखी २६ सम्मको उमेर समूहका युवतीहरु रहेको ट्रेवल फेसन कन्सर्न प्रालीका श्रेष्ठले बताउनुभयो ।

    Kalash 220 x 220
    साथै मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ को लागि विवाहित महिलाहरुले सहभागिता जनाउन सक्ने यसमा कुनै उमेरहद तोकको छैन ।

    उक्त ग्रान्ड फिनाले काठमाडौं जोरपार्टी स्थित पिस बैङ्क्वेटमा सम्पन्न हुने छ । उक्त ग्रान्ड फिनालेमा गोकर्णश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहने आयोजकले जानकारी दिनुभयो । कार्यक्रम ३ बजेर ३० मिनेटमा सुरु हुनेछ ।

    उक्त प्रतियोगिताको आयोजना ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा सञ्चालन गर्न लागेको हो । प्रतियोगिताको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा संयोजकका रुपमा शैलेन्द्र श्रेष्ठ रहेका छन् भने कार्यक्रमका संयोजक सिमरन श्रेष्ठ, कार्यक्रम स्पोन्सर संयोजकमा नन्दलाल श्रेष्ठ, कोरीयोग्राफरमा काजोल राई तथा कार्यक्रम संयोजक सरु धिमाल लगायतका व्यक्त्तिहरु रहेका छन् ।

    प्रतियोगितामा विजेताहरुले उत्कृष्ठ पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । विगतमा पनि यस ट्रेवल फेसन कन्सर्न प्रालीले फेसनसंग सम्वन्धित धैरै कार्यक्रमहरु आयोजना गरिसकेको छ । यो कम्पनी सन् २००१ देखी निरन्तर यस्तो फेसन तथा ग्यामरस फिल्डमा कार्यरत रहेको श्रेष्ठले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु