दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरोना संक्रमणप्रति सचेत नभए ठूलो क्षति हुनेवाला छ : डा.अनुप बास्तोला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख ५ गते, आईतवार ७:२१

काठमाडौं, ४ बैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,टेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा.अनुप बास्तोलाले कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेकाले अब भयाबह स्थिती आउनसक्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संक्रमणले भुसको आगोको रुप लिइसकेकोले चैत महिनामा मात्रै ४६ जना आइसियुमा भर्ना भएको जानकारी दिए ।

धेरैजसो अस्पतामा संक्रमितलाई उपचार गराउन आइसियु , भेन्टिलेटर अभाव हुनसक्ने अवस्था आउन सक्ने जानकारी दिए । त्यसैगरी पछिल्लो समय संक्रमित भएकाहरु निको हुनै नसकेको पनि बास्तोलाले बताए । यस्तो डरलाग्दो अवस्था सृजना हुँदा पनि सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरेर ठूलो गल्ति गरिरहेको बास्तोलाले बताए ।

युके भेरियन्ट नेपालमा आइसकेको अवस्थामा लापरबाही गर्नुले अब ठूलो क्षति हुन सक्ने चेतावनी उनले दिए । संक्रमण नियन्त्रणका लागि सरकार र जनता दुवै पक्ष सचेत हुनुपर्ने उनको भनाई छ ।

तर, यो भयावह स्थितीमा पनि सर्वसाधारण सचेत हुन नसकेको भन्दै डा. बास्तोलाले कडा चेतावनी दिएका छन् । कतिपय विद्यार्थीहरुसमेत संक्रमित भइरहको तर अभिभावकले बेवास्ता गरेको उनको आरोप छ । अहिले नै रोकथामका लागि व्यवस्थित उपाय अपनाउन नसके उपचारसमेत गराउन नसक्ने अवस्था सृजना हुने बास्तोलाले बताए । काम नभएकाहरु सेल्फ लकडाउनको शैलीमा घरमै बस्न बास्तोलाले सुझाब दिएका छन् ।

अहिलेको जोखिमलाई मध्यनजर गर्दै भेला, सभा सम्मेलन, पर्व आदिका नाममा भिडभाड गर्ने काम तत्काल अन्त्य गर्नुपर्ने बास्तोलाको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु