फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • नेपाल पत्रकार महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रमेश विष्ट सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार १७:१६

    काठमाडौँ, ५ वैशाख । नेपाल पत्रकार महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रमेश विष्ट सम्मानित हुनुभएको छ ।

    नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ (क) समितिद्धारा शुक्रबार वालुवाटारमा आयोजित एक कार्यक्रमका बीच नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले विष्टलाई सम्मान गर्नुभएको हो ।


    कार्यक्रममा सहमहामन्त्री डा महतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल पत्रकार महासंघको भूमिका महत्वपूर्ण रहने भएकाले नवनिर्वाचित कार्यसमितिले यसमा चनाखो रहन आग्रह गर्नुभयो ।

    सहमहामन्त्री डा महतले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै परिस्थिती अनुरुप सरकारको नेतृत्व लिन काँग्रेस तयार रहेपनि सरकारकै लागि मरिहत्ते नगर्ने स्पष्ट पार्नुभयो ।

    कार्यक्रम नेपाली काङ्ग्रेस महासमिति सदस्य श्याम बहादुर खड्काको संयोजक काँग्रेस काठमाडौँ क्षेत्र नं ५ (क)का संयोजक भैरव सापकोटाको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ वडा नं ४ ईकाई सभापति रामप्रसाद न्यौपाने नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व अध्यक्ष प्रदीप चापागाईँ, महिला नेत्री प्रतिमा पौडेल,लगायत वरिष्ठ उपाध्यक्ष विष्टलाई सफलताको शुभकामना दिनुभएको थियो ।

    उहाँहरुले पत्रकारको स्वतन्त्रता आम नागरिकको स्वतन्त्रतासँग जोडिएकाले सोही आफ्नो भूमिका निर्वाह गर्न नवनिर्वाचित वरिष्ठ उपाध्यक्षलाई आग्रह गर्नुभएको थियो । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष विष्ट सोही स्थानका बासिन्दा हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु