दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख ५ गते, आईतवार १९:५०

काठमाडौं ५ बैशाख
दश महाविद्या आध्यात्मिक केन्द्रको आयोजनामा दश महाविद्या तथा सांस्कृतिक गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ।

पुर्व कानुन मन्त्री दिनबन्धु अर्यालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मानव अधिकार परिषद का केन्द्रिय अध्यक्ष तुलसी थापा,
दश महाविद्या आध्यात्मिक केन्द्रका स्याङ्जा जिल्ला अध्यक्ष नुरजङ्ग साह,केन्द्रिय सचीव दिपेश दहाल,केन्द्रिय सहसचिव मेडिना तिमल्सिना,,केन्द्रिय सल्लाहकार सुन्दर बहादुर खडका,कास्की जिल्ला अध्यक्ष रामेश्वर अधिकारी,केन्द्रिय सदस्य सिर्जना सुबेदी,तिमल्सिना समाजका केन्द्रिय अध्यक्ष नवराज तिमल्सिना,बैतरणी धाम का अध्यक्ष केशव प्रसाद घिमिरे लगाएत हिन्दु धर्म र दश महाविद्या सङ्ग आस्थावान व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। दश महाविद्या आध्यात्मिक केन्द्रका केन्द्रिय अध्यक्ष ज्योतिषी पंडित बिह्ङमराज तिमल्सिनाको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रमुख अतिथी पुर्व कानुन मन्त्री अर्यालले मन्तव्य राख्दै हामी सबैले धर्मको रक्षाका निम्ति आफ्नो आफ्नो क्षेत्र बाट योगदान पुर्याउन जरुरी रहेको र यो संस्था स्थापना भएको छोटो समयमै देश तथा बिदेशमा आफ्नो शाखा बिस्तार गरेर आफ्नो उदेश्य प्रति प्रतिबद्ध भएर काम गरेकोमा बधाई दिइएका थिए।

त्यस्तै मन्तव्य अध्यक्ष तिमल्सिनाले यो एउटा पबित्र संस्था हो जुन सिमित उदेश्यमा मात्र सिमित छैन।तन्त्र बिद्या भनेको बलि चढाउनु होईन तन्त्रले हरेक शक्तिलाई बसमा लिन सक्छ। जुन हामी सबैको दशनामी बिद्या भएको बताएका थिए।यो संस्था देश तथा बिदेशका केहि ठाँउमा बिस्तार भैसकेको र बाकी रहेकोले जिल्लामा बिस्तार गरिनुका साथै अन्तर्राष्ट्रिय रुपमै छिटै बिस्तार गरिने जानकारी दिइएका थिए।यस संस्थाको प्रमुख उदेश्य समाजसेवा र धर्म रक्षा गर्नु हो।दश महाविद्या लाई धार्मिक व्यक्तिले मात्र नभई नासाका विज्ञानिकले समेत मान्ने गरेको कुरा अवगत गराएका थिए।

उक्त कार्यक्रममा दश महाविद्या आध्यात्मिक केन्द्रमा बसन्त राज रिजाल लगाएत अन्य केहि व्यक्तिहरु लाई संस्थाको केन्द्रिय सदस्यमा मनोनीत गरिएको थियो। कार्यक्रममा मानव अधिकार परिषद का केन्द्रिय अध्यक्ष तुलसी थापा,
दश महाविद्या आध्यात्मिक केन्द्रका स्याङ्जा जिल्ला अध्यक्ष नुरजङ्ग साह,केन्द्रिय सचीव दिपेश दहाल,केन्द्रिय सदस्य बसन्त राज रिजाल लगाएत लाई सम्मान समेर गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु