पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

उसुमा त्रिकोणको क्लिन स्विप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख ६ गते, सोमबार ०७:३४

काठमाडौं, बैशाख ५ गते ।
गोकर्णेश्वर नगरव्यापी अन्तरविद्यालय तेश्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उसुमा आइतबार त्रिकोण पब्लिक स्कुलको वर्चस्व रह्यो । छात्र÷छात्रामा ३–३ गरी ६ स्पर्धा समावेश उसुमा सबै स्पर्धाको स्वर्ण त्रिकोणका खेलाडीले जिते ।
गोकर्णेश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको छाङछ्वानतर्फ छात्रमा विजय श्रेष्ठ र छात्रामा मारिया राई, नान्छ्वानको छात्रमा छिरिङ लामा र छात्रामा सुक्रिता सुनुवार तथा ताइची छ्वानको छात्रमा विवेक शाक्य र छात्रामा लक्ष्मी तामाङले स्वर्ण जिते ।
सुन्दरीजलस्थित ओख्रेणी माविमा भएको एथलेटिक्सतर्फ १ सय मिटर दौडको छात्रमा मनकामनाका सागर तामाङ र छात्रामा लिटिल बडकी निर्जला तामाङ तथा सटपुटको छात्रमा वल्र्ड युथ इन्टरनेसनल स्कुलका कृष्ण श्रेष्ठ र छात्रामा इस्टपोलकी सोनिया मोक्तानले पहिलो स्थान हात पारे ।
कबड्डीको छात्र÷छात्रा दुवैमा सेमिफाइनल समीकरण तयार भएको छ । छात्रमा लिबर्टी एकेडेमीले इस्टपोल तथा लिटिल बडले चामुण्डासंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । छात्राको सेमिफाइनल गोकर्णेश्वर र अरुणोदय तथा बाल सुधार र चामुन्ण्डाबीच हुने छ ।
प्रतियोगिताको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा उसुसहित एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो र कबड्डी गरी ६ खेलमा प्रतिस्पर्धा भइरहेको युवा तथा खेलकुद उपशाखाका प्रमुख रामनारायण शाहले जनाएका छन् । प्रतियोगितामा विभिन्न २३ विद्यालयका २ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । यसै प्रतियोगिताबाट काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोट गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु