काठमाडौं, ६ बैशाख । सरकारले कोरोनाको दोस्रो लहरको रोकथामका लागि मुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको मन्त्रिपरिषद्को बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालय तथा शैक्षिक संस्थाहरूमा जोखिम बढी देखिएकोले सरकारले यस्तो निर्णय गरेको हो ।
सरकारले संक्रमण नियन्त्रणको लागि जोखिमयुक्त प्रमुख शहरका स्कुल बन्द गरि अनलाइन मार्फत कक्षा संचालन गर्ने व्यवस्था मिलाउन पनि सरकारले सम्बन्धित सरोकारावालाहरुलाई निर्देशन दिएको छ ।