• आज शेयर बजारमा सामान्य अंकले करेक्सन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार १६:१३

    काठमाडौं, ७ बैशाख । आज शेयर बजारमा सामान्य अंकले करेक्सन भएको छ । मंगलबार (आज) २.६८ अंकले बढेर २६ सय ६४ दशमलव ६१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ०.५० अंकले बढेर ४७९ दशमलव ६० विन्दुमा पुगेको छ ।

    नेप्सेको अनुसार आज २१६ कम्पनीको ६५ हजार ७९३ पटक कारोबार भएर ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँ बराबरको १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता शेयर खरिद विक्रि भएको छ ।

    आज १२ उपसमुह मध्ये बैकिङ्ग, निर्जीवन बीमा, म्युर्चुअल फण्ड र इन्भेष्टमेन्ट समुहको परिसुचक क्रमशः १.३७, २४.३९, ०.०४ र १.०५ अंकले घटेका छन् ।
    आज सबैभन्दा बढी नागरिक लगानी काषको २१ करोड ४२ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकको शेयरमुल्य प्रतिकित्ता ३९ सय ५३ रुपैयाँ कायम भएको छ । त्यस्तै, निफ्राको १९ करोड ८६ लाख भन्दा बढीको कारोबार भएको छ । बैंकको प्रतिकित्ता शेयरमुल्य आज ५७७ रुपैयाँ कायम भएको नेप्सले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु