• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    कोभिड–१९ सङ्क्रमणको नयाँ भेरियन्ट बढेसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार ०६:३८

    काठमाडौं, वैशाख ८। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको नयाँ भेरियन्ट बढेसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।

    काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कोभिड कन्ट्रोल व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मङ्गलबार बसेको छुट्टाछुट्टै बैठकले आदेशको अवज्ञा गर्ने तथा कार्यान्वयन नगर्ने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही एवं सजाय हुने जनाएको छ ।

    उपत्यकामा सञ्चालित होटल तथा रेस्टुराँहरू बिहान ८ देखि साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । ‘मास्क’ प्रयोग नगरेका व्यक्तिलाई सरकारी तथा गैरसरकारी कार्यालय, सार्वजनिक यातायात, होटल तथा रेस्टुराँ, बैङ्क र पसल प्रवेश निषेध गरिएको छ । लामो दूरीका सार्वजनिक सवारी साधनहरूमा बीच बाटोमा थप यात्रु चढाउने र ओराल्ने कार्यमा रोक लगाई सुरुको गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म पुग्ने यात्रुको विवरण सम्बन्धित प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

    काठमाडौँ उपत्यका भित्र आवतजावत गर्ने सर्वसाधारण नागरिकका लागि मास्कबिनाको यात्रामा रोक लगाइएको छ । दैनिक रूपमा सवारी साधन निःसङ्क्रमित गर्नुका साथै चालक र सहचालकलाई मास्क, भाइजर र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

    सार्वजनिक यातायातका साधनमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना नगरी सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी साधन र चालकलाई कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको हो । घर–कोठाबाट बाहिर निस्कँदा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गरिएको छ । गोरखापत्र दैनिकबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु