दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली जलपरि गौरिका सिंह एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख ८ गते, बुधबार ८:१९

काठमाडौं । नेपाली जलपरि गौरिका सिंह एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा परेकी छन।

३० वर्ष मुनिका एसियाली महादेशका सर्वोत्कृष्ट ३० बिलक्षण प्रतिभावान किशोरीको फोर्ब्स सूचीमा नेपाली पौडीबाज सिंह सूचीकृत भएकी हुन।

नेपालमा जल परीको नामले परिचित १८ वर्षकी गौरिकाले सन् २०१९ मा सम्पन्न साग प्रतियोगितामा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्न सफल भएकी थिइन्।

९ वर्षको उमेरदेखि पौडी खेल्न थालेकी उनले १२ वर्षको उमेरदेखि नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकी हुन्।

फोर्ब्सका निर्णायकहरुको समूहले आफ्नो क्षेत्रमा अतुलनीय योगदान दिएको, समर्पित र कठिन मिहेनत गरेबापत ती नामहरु छनौट गरेको जनाएको छ।

फोर्ब्सको सार्वजनिक गरेको उक्त सूचीमा नेपालका प्रकाश कोइराला पनि छन्। उनी फिनलिट नेपालका संस्थापक हुन्।

उनले सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका छन्।

उनले सन् २००९ मा गरिबी निवारणका लागि फिनलिट नेपाल स्थापना गरेर निम्न आय भएका मानिसहरुमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु