भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

भलिबल कभर्डहल बनाउन सहयोग गर्छु ः सदस्य–सचिव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख ८ गते, बुधबार १६:४७

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले भक्तपुरमा भलिबलको कभर्डहल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भक्तपुर जिल्ला स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका पदक विजेतालाई प्रमाण पत्र तथा ट्रयाकसुट वितरण कार्यक्रममा सदस्य–सचिव सिलवालले उक्त प्रतिबद्धता जनाएका हुन् ।
‘भक्तपुरमा उपयुक्त ठाउँको खोजी गर्नुस । भलिबलका लागि पूर्वाधार बनाउन बजेट उपलब्ध गराउछु । राष्ट्रिय खेल भलिबलको आफ्नै कभर्डहल हुनु जरुरी छ ।’ सदस्य–सचिव सिलवालले भने– ‘राष्ट्रिय खेल हो । जसरी राष्ट्रिय गानको हामी सम्मान गर्छौ । राष्ट्रिय खेल भलिबलको पनि सम्मान हुनु पर्छ । अरु खेललाई नगर्ने भन्ने चाहि होइन ।’
सदस्य–सचिव सिलवालले भक्तपुरका खेलसंग सम्बन्धित विभिन्न खेलका मन्डेकाजी श्रेष्ठ, कान्छीमाया कोजु, उपेन्द्रमान सिंह, शिवसुन्दर गोथे, गौतम लासिवा, प्रकाश धौबडेललगायतको नाम लिदै भने– ‘भक्तपुरमा ख्याती कमाएका र राष्ट्रलाई गुन लगाएका धेरै खेलाडी छन् । उनीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि देशको शिर उचो बनाउने कार्यमा योगदान पु¥याएका छन् । तैपनि खेलाडीहरुलाई अली एक्पोजरको कमी भएको हो कि भन्ने महशुस हुन्छ । यसलाई अन्यथा नठान्नु होला । एक्सपोजरमा बढी ध्यान दिनु आवश्यक छ ।’
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासीछ्वाले समितिले भक्तपुरमा रंगशाला बनाउन पहल गरिरहेको जानकारी गराए ।
कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समिति, बागमती प्रदेशका अध्यक्ष श्रीभक्त कासीछ्वा र भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाललाई सम्मान गरिएको थियो । भक्तपुर जिल्ला खेलकुद विकास समितिका लागि स्थायी कार्यालय भवन उपलब्ध गराउन पहल गरेकोमा कासीछ्वा तथा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको साविक जिल्ला प्राविधिक कार्यालयको भवन जिल्ला खेलकुदलाई कार्यालय स्थापना गर्न उपलब्ध गराइ सहयोग गरेकोमा गेलाललाई सम्मान गरिएको हो । सदस्य–सचिव सिलवालले उनीहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे ।
त्यसै अवसरमा सदस्य–सचिव सिलवालले केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट छनोट भएका खेलाडीलाई प्रमाण पत्र प्रदान गरेका थिए । छनोट भएका खेलाडीलाई राजेश चिकबञ्जार र विज्ञान राईले प्रायोजन गरेको ट्रयाकसुट पनि खेलाडी र टिम प्रशिक्षकलाई वितरण गरिएको थियो ।
केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट विभिन्न ७ खेलमा प्रतिस्पर्धा गराइ ६६ खेलाडी छनोट गरिएको भक्तपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बाबुकाजी (विके) श्रेष्ठले जनाएका छन् । एथलेटिक्स, तेक्वान्दो, कराते, उसु, टेबलटेनिस, ब्याडमिन्टन र कबड्डीमा करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु