• हेर्नुस् के छ आजको मौसम पूर्वानुमान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार ०७:१९

    काठमाडौं, बैशाख ९ । काठमाडौं उपत्यकामा आज विहानैदेखि वर्षा भईरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि भू–भागमासमेत बर्षा हुने जनाएको छ ।

    देशको पूर्वी मध्य भू–भागका केही स्थानमा र पश्चिममा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । पूर्वी र मध्य तराईका केही स्थानहरुमा हुरी बतास चल्ने सम्भावना छ ।

    देशका पूर्वी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँक्री भू–भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ।

    आज देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहेको महाशखाले उल्लेख गरको छ। पूर्वि तथा मध्य तराईका केही स्थानहरुमा हुरि बतास चल्ने सम्भावना छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु