भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • पहिलो पटक तिनवटा सहकारी एकिकरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार १९:४१

    कीर्तिपुर। कीर्तिपुर न.पा मा पहिलो पटक तिनवटा सहकारी एकिकरण गरिएको छ, कीर्तिपुर न.पा ९ स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लि.काठमाडौं मा. न.पा. १७ को सोनित्य बचत तथा ऋण सहकारी संस्था लि. र काठमाडौंमा न.पा. १७ अनामनगर अवस्थित आदिवासि जनजाति महिला बचत तथा ऋण सहकारी संस्था लि.विच सुरु भएको एकीकरण प्रकृया सम्पन्न भएको छ ।

    वाग्मती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाबाट २०७८/१/९ गते उक्त एकीकरण प्रकृया स्विकृत भएसगै एकीकरण प्रकृया सम्पन भएको हो ।

    तिनै संस्था विच गठन भएको एकीकरण कार्यदलहरुका विच पटक पटक बसेको बैठक तथा छलफल एवं सम्पन्न तीन वटै संस्थाको पछिल्लो साधारण सभा तथा एकिकृत साधारण सभाबाट तीन संस्थाविच एकीकरण गर्ने निर्णय भएको थियो । वाग्मती प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ बमोजिम एकीकरणका शर्त तथा कार्यविधिहरु पारित भएको हो ।

    कीर्तिपुर न.पा. ९ नगाँउमा आफ्नै भवनमा सेवा प्रदान गर्दै आएको यस संस्थाले काठमाडौं-१७ खुसिबुँ ,काठमाडौ आदिबासी जनजाति महिला साकोस रहेको स्थानमा र चन्द्रागिरि न.पा मा आफ्नो सेवा केन्द्र सञ्चालन हुने र अन्य केही स्थानहरुमा पनि चाँडै नै शाखा बिस्तार हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवर्ण महर्जनले बताए ।

    संस्थाको एकिकृत साधारण सभाबाट दिनेश दर्शनधारीको अध्यक्षतामा ७ सदस्यिय नयाँ संचालक समिति पनि गठन भएको छ ।जसमा उपाध्यक्षमा तारा तुलधर सचिवमा यशोदा राई कोषाध्यक्षमा जेनु महर्जन ,सदस्यमा शान्ति कुमारी राई ,दिपक नेपाली र जेनिस महर्जन सर्वसम्मत निर्वाचित भएका थिए। त्यसै गरी सल्लाहकारमा रिता श्रेष्ठ, शिब श्रेष्ठ, बुध्दि बहादुर महर्जन ,नजरराम महर्जन, बुध्दि बहादुर माली, छवि लाल जोशी ,बछला दर्शनधारी , बुध्दि बहादुर महर्जन-२, नजराम महर्जन-२ मनोनित हुनु भयो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु