हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • सिन्धुलीको दुधौलीमा होमस्टे व्यवस्थापन तालिम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार ०७:०१

    ११ बैशाख, सिन्धुली । दुधौली नगरपालिका वडा नंं. २ भलुवाहिमा होमस्टे व्यवस्थपान तालिम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय व्यवसायिक तथा सीप विकास तालिम केन्द्र बाग्मती प्रदेश हेटौडाको आयोजनामा इनरुवा इन्टरनेशनल पोलिटेक्निकल इन्स्च्यिूट प्रा.लि.को संयोजनमा भएको तालिम कार्यक्रममा दनुवार सामुदायिक होमस्टे र हत्पते मगर सामादायिक होमस्टेका ४० जना सहभागी हुनु भएको हो । दुधौलीमा नेपाल सरकारको आर्थिक सहयोगमा दुई वर्षदेखी नमूना कृषि सहकारी संस्था मार्फत चक्लाबन्दी खेती कार्यक्रम संचालनमा छ । चक्लाबन्दी खेती कार्यक्रम अन्तर्गत व्यवसायिक धान, गहुँ, मकै, माछा, हाँस तथा गाईपालन हुदै आएको छ ।
    दनुवार र मगर जातिको बाहुल्यता रहेको स्थानमा होमस्टे संचालनको लागी सरकारले पाहुना घर निमार्णमा समेत सहयोग गरेको छ । करिव एक महिनाभित्रमा होमस्टेमा पाहुनालाई आतिथ्यता दिन सकिने हत्पते मगर सामुदायिक होमस्टेका अध्यक्ष हरि गाउँलेले बताउनु भयो । मगर र दनुवार सामुदायिक होमस्टेका संचालकलाई पाहुनाको स्वागत सत्कार, स्थानिय रैथाने परिकार निमार्ण, सरसफाई, बजारीकरण एवं होमस्टे संचालनका आधारभूत न्यूनतम मापदण्डको बारेमा तिलक ढकाल र भुमराज तिवारीले प्रशिक्षण दिनुभएको हो । पाँच दिन सम्म संचालन भएको तालिम कार्यक्रमबाट आफुहरुले स्थानिय संस्कृति, बसाई तथा खानपानबाट पाहुनालाई स्वागत सत्कार गरी खुसी बनाउने कला सिकेकोे पुजा मगरले बताउनु भयो । तालिम कार्यक्रम मार्फत स्थानियहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन खोजेको आयोजक संस्थाका अध्यक्ष लक्ष्मी न्यौपानेले बताउनु भयो । कोरोना भाइरसको समयमा समेत सामाजिक दुरी तथा सुरक्षाका उपाय अपनाई आन्तरिक पर्यटकहरुलाई तत्काल सेवा थाल्ने तयारीमा रहेको दुधौली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रितेश राउतले बताउनु भयो ।

    हत्पते मगर सामुदायिक होमस्टेमा पुग्नको लागि सिन्धुली जिल्लाको भिमानबाट पूर्व तर्फ मदन भण्डारी राजमार्ग अन्तर्गतको गाँगन बजार देखी ७ किलोमिटर कच्ची सडकबाट पुग्न सकिन्छ । हत्पतेमा सिन्धुली जिल्लाको प्रशिद्ध मधुगंगा महादेवको मन्दिर रहेको छ । हप्तपतेबाट उतरतर्फ महाभारत हिमश्रृङखला तथा दक्षिणतर्फबाट चुरे पर्वत लगायतका नेपालका १० जिल्ला र भारतीय सिमा बजार समेत अवलोकन गर्न सकिने हत्पते मगर सामुदायिक होमस्टे सांस्कृतिक समुहका संयोजक प्रेम आले मगरले बताउनु भयो । त्यसैगरी भलुवाईको दनुवार होमस्टेमा संस्कृति तथा जीवनशैली अवलोकन र अनुभूति गर्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु