दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको आज उद्घाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख ११ गते, शनिबार १६:५०

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको आज उद्घाटन गरेका छन् । लिफ्टबाट २० औं तलामा रहेको बालकोनी पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टि गर्दै पूनर्निमित धरहराको उद्घाटन गर्नु भएको हो । २०७२ बैशाख १२ गतेको महाभूकम्पले भत्काएको पुरानो धरहरानजिकै बनेको नयाँ धरहराको उचाइ जमिनबाट ८३ दशमल ८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

धरहरा उदघाटन गरिए पनि सर्वसाधरणका लागि अवलोकन भने खुला गरिने छैन । १९९० साल माघ २ गतेको भूकम्प अघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ ।

अहिले नयाँ बनेको धरहरा आधुनिक र भुकम्पप्रतिरोधी छ । पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर राखिएको छ । २२ औं तलामा शिवलिंग छ । दुईवटा लिफ्ट रहेको धरहरामा हाललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । धराहरा वरपरको २९ रोपनी क्षेत्रफलमा विस्तारित सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ४८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु