फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • डिमोन र सिर्जना फिचर्ड ‘किन होला’ सार्वजनिक ( भिडियो )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार १७:२२

    काठमाडौँ । डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको म्युजिक भिडियो ‘किन होला’ डिजिटल बजारमा सार्वजनिक भएको छ।

    प्रेमिल शैलीको यस गीतमा स्वर अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारको रहेको छ। गायक तथा संगीतकार सुरेश कुमार क्षेत्रीले संगीतवद्द गरेको यस गीतमा शब्द अमेरिकामा रहेका गीतकार गोपाल क्षेत्रीको रहेको छ। यस गीतलाई राजन तामाङको संगीत संयोजन गरेका हुन्।

    राम कुमार केसीले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन्। विवेक दत्त मंगेश सहायक निर्देशक रहेको यस भिडियोलाई राजिव समरको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। गायक लावारकी सुपुत्री सान्वी लावारको जन्मदिनको शुभअवसर पारेर ‘चन्द्र लावार’ च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु