भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • पछिल्लो २४ घन्टामा देशभर २६ सय १८ जनामा कोरोना पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार १७:३०

    काठमाडौं, ११ वैशाख । नेपालमा शनिवार थप २६ सय १८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको सात हजार ५ सय २५ पीसीआर परिक्षणका क्रममा २४ सय ८६ र ११४३ वटा एन्टीजेन परिक्षणका क्रममा १३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा तीन हजार १ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप ३६८ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ७७ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १६ हजार ८२८ संक्रमित आइशोलेशनमा छन् । ७१ जना क्वारेन्टाइनमा छन् ।

    नेपालमा हालसम्म २३ लाख ९५ हजार ७२५ वटा पीसीआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु