फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ बैशाख २०७८, आईतवार ०८:५८

    काठमाडौं –नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
    कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि पार्टीको गाउँ÷नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी आगामी साउन ६ गते तोकिएको कांग्रेसले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु