काठमाडौं । कन्सल्टेन्सी व्यावसायीको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) का पदाधिकारी, कार्यसमिति सदस्य र फेकन सदस्यले शनिबार कोरोविरुद्धको खोप लगाएका छन् ।
फेकनका सदस्य तथा सूचना विभागका प्रमुख इन्द्रजीत गौतमका अनुसार हिमाल हस्पिटल ज्ञानेश्वरमा खोप लगाइएको हो । १ सय २५ जनाले खोप लगाइएको उनले जनाए । चीनबाट ल्याइएको भेरोसेल खोप लगाएर कोरोनाबाट सचेत भएको उनले बताए ।
खोप लगाउनका लागि सहयोग र सहकार्य गर्नेहरुप्रति गौतमले धन्यवाद दिएका छन् । उनले हिमाल हस्पिटलका नविन सुव्वा, विश्व स्वास्थ्य संगठन (डब्लूएच्ओ) का पवन उपाध्याया र बिनोदकुमार खड्काले खोप लगाउनका लागि विशेष समन्वय गरेको जानकारी दिए ।