हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • रामविनय दुई स्पर्धाको सेमिफाइनलमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ बैशाख २०७८, आईतवार १९:२५

    काठमाडौं, बैशाख १२ गते ।
    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका रामविनय श्रेष्ठ बाह्रौं सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
    सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगितामा रामविनयले नागरिक लगानी कोषका पुरुषोत्तम पौडेललाई २१–१५ र २१–८ को सोझो सेटमा पराजित गरे । त्यसअघि रामविनयले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका रामबहादुर तामाङलाई २१–११ र २१–१८ को सीधा सेटमा हराएका थिए । सोही स्पर्धामा कृषि विकास बैंकका टक्कर कुँवरले नेपाल विद्युत प्राधिकरणका सरोज तामाङलाई ११–२१, २१–१६ र २१–१८, विद्युतका टेकबहादुर बुढाले राष्ट्रिय वाणिज्य बैंकका गोरखबहादुर शाहीलाई २१–१ र २१–१३ तथा वाणिज्यका गुप्ता केसीले विद्याुतका रत्न श्रेष्ठलाई ११–२१, २१–१९ र २१–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
    महिला सिंगल्समा बिमा संस्थानकी सविना श्रेष्ठले वाणिज्यकी पुष्पाकुमारी खनाललाई १५–२१, २१–१३ र २१–११ तथा वाणिज्यकी दुर्गाकुमारी कँडेलले नेपाल वायु सेवा निगमकी सविना बस्नेतलाई २१–१५ र २१–१८ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।
    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगितामा रामविनय पुरुष भेट्रान ४५ वर्षमाथि डबल्समा पनि सेमिफाइनलमा पुगेका छन् । रामविनयले जनक भारतीसंग मिलेर वाणिज्यका विश्वप्रसाद दाहाल र लालबहादुर थापाको जोडीलाई १८–२१, २१–१८ र २१–१८ को सेटमा पन्छाए । उक्त स्पर्धामा एभरेष्ट बैंक लिमिटेडका सन्तोष भट्टराई र पुष्पराज उप्रेती तथा विद्युतका उमेशकुमार भण्डारी र विष्णु मास्केको जोडीले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
    पुरुष डबल्समा मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल÷प्रेम थापा तथा विद्युतका भूपेन्द्र बिसी÷प्रितम बस्नेत, विष्णु मास्के÷सरोज तामाङ र राजु महर्जन÷लोकेन्द्रबहादुर साउदको जोडीले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान बनाए ।
    प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गर्दै कर्पोरेट क्षेत्रले खेलकुदको विकास र विस्तारमा ठूलो टेवा पु¥याउन सक्ने धारणा व्यक्त गरे ।
    पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गरी विगतमा विविध खेल समावेश गर्दै बृहत प्रतियोगिता आयोजना गर्ने गरेकोमा यसपटक ब्याडमिन्टन मात्रको प्रतियोगिता आयोजना गरिएको बताए ।
    प्रतियोगितामा १२ संस्थाका ७० खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख २२ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सोमबार सम्पन्न हुने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु