हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • बक्सिङ टोली स्वदेश फिर्ता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ बैशाख २०७८, आईतवार २०:२९

    काठमाडौं ।किल्सीमा भएको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली बक्सिङ टोली आइतबार स्वदेश फर्किएको छ ।
    अप्रिल १० देखि २४ तारिखसम्म भएको प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
    सुष्मा तामाङ ४८ केजीमुनि क्वाटरफाइनलसम्म पुगेकी थिइन् । पहिलो चरणमा बाइ पाएकी सुष्माले प्रिक्वाटरफाइनलमा लिथुवानियाकी खेलाडीलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् । क्वाटरफाइनलमा सुष्मा आयोजक राष्ट्र पोल्यान्डकी खेलाडीसंग चुकेकी थिइन् । पोल्यान्डकी खेलाडीले प्रतियोगितामा रजत जितिन् ।
    क्वाटरफाइनलमा पुगेसंगै सुष्माले युथतर्फ विश्व वरीयतामा छैटौं स्थान प्राप्त गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।
    यसअघि उक्त प्रतियोगितामा कुनैपनि नेपाली खेलाडी क्वाटरफाइनल पुग्न नसकेको नेपाल बक्सिङ संघले जनाएको छ । सुमिना खड्का ५४ केजीमुनि बेलारुसकी खेलाडीसंग पहिलो चरणमै पराजित भइन् । प्रशिक्षकमा ओम मास्के रहेका छन् ।
    टोलीलाई नेपाल बक्सिङ संघका सदस्यद्वय पुस्करराज पन्त र मानबहादुर भण्डारी, बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, गोन्झाव एसियाडमा नेपाललाई एक्लो पदक दिलाएका बक्सिङका दीपक महर्जनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
    नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले विशेष कारणले उपस्थित हुन नसकेकोले भिडियो कल मार्फत टोलीलाई बधाइ दिनुका साथै स्वागत गरेको बक्सिङ संघले जनाएको छ ।
    अनिता एरोबिकको ब्रान्ड एम्बासडर
    नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई एरोबिक टेबलटेनिसले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । एरोबिकका प्रमुख कार्यकारी अधिकृत स्टिभ रो र अनिताबीच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।
    तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई पार्टनर र प्रोमोटर पनि चयन गरिएको छ । करिब १५ वर्ष टेबलटेनिसमा संलग्न अनितालाई स्टिभले बटरफ्लाइ मार्फत प्रायोजन पनि गराएको बताइएको छ ।
    अनिताले परिवारकै सहयोगमा सामाखुशीस्थित सरकारी धारामा एनिस पिङ पोङ क्लब पनि स्थापन गरेकी छन् । अनिता उक्त क्लबको प्रमुख कार्यकारी अधिकृत हुन् । विश्व टबेलटेनिस दिवसका अवसरमा अनितालाई ‘फिमेल प्रोमोटर’ मा चयन गरिएको अनिता स्वयंले जानकारी गराइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु