• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    टुँडालदेवी मन्दिर परिसरमा सरसफाई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार ०८:०१

    काठमाडौं,१३ बैशाख । टुँडालदेवी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा आईतवार टुँडालदेवी मन्दिर परिसरमा सरसफाई गरिएको छ ।

    काठमाडौं महानगरपालिका वडा नम्बर ४ स्थित धार्मिक तथा पर्यटक स्थल टुँडालदेवी मन्दिरमा हुने मुख्य तथा ऐतिहासिक बैशाख पूर्णिमा जात्राको विशेष मेलाको लागि मन्दिर परिसरमा सरसफाई गरिएको हो।

    सरसफाई कार्यक्रममा बागमति प्रदेशका प्रदेस सभा सदस्य नारायण सिलवाल,वडाध्यक्ष मोहन विष्ट,वडासदस्य दिनेश महर्जन,सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम प्रसाद न्याैपाने,काँग्रेस काठमाडौँ क्षेत्र नं ५(क)का संयोजक भैरव सापकोटा,सामुदायिक सेवा केन्द्रका सचिव मीन प्रसाद पौडयाल,महानगरीय प्रहरी वृत्तमालीगाउँका प्रहरीनिरीक्षक अभय लामा,समाजसेवी राजेन्द्रमान जोशी लगाएतको उपस्थिति थियोे ।

    मन्दिर हाताभित्र,खाल्डाखुल्डी पूर्ने र यत्रतत्र फयाँकिएका चाउचाउ,विस्कुट,चक्लेट तथा सूर्ति जन्य वस्तुका खोल टिपेर फाेहरमैला व्यवस्थापन गरिएको थियो ।

    सरसफाई कार्यक्रममा सामुदायिक केन्द्रका पदाधिकारी,महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रहरी टोली लगायत स्थानीयबासीहरुको सहभागिता रहेको टुँडालदेबी प्रहरी सेवा केन्द्रकी ईन्चार्ज कल्पना थापा जानकारी दिईन ।

    कार्यक्रममा प्रहरी जवान डम्बर शाहीले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु