• साधना लघुवित्तको नाफामा २९७ प्रतिशतको छलाङ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार ११:२३

    गोरखा । गोरखा सदरमुकाममा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तको खुद मुनाफा २९७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको तेश्रो त्रैमासिकको अवधिमा बिगत बर्षको भन्दा २९७ प्रतिशतले मुनाफा वृद्धि गरेको मंगलबार सार्वजनिक गरेको त्रैमासिक प्रगति विवरणमा उल्लेख छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेका अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकमा संस्थाले ७ करोड ५८ लाख १८ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाले १ करोड ९० लाख ९१ हजार मात्रै खुद मुनाफा रहेकोमा यो बर्ष सन्तोषजनक ढंगले वृद्धि भएको उनले बताए । लघुवित्तको लक्ष्य पूरा गर्ने अभियानमा दूर दराजहरुमा पनि पुगी काम गरेकाले मुनाफा वृद्धि सन्तोषजनक रहेको उनको भनाइ छ । ‘अन्य लघुवित्त नपुगेको क्षेत्रमा पनि हामीले शाखा संजाल आक्रमक रुपमा बिस्तार गरेका छौं’, उनले भने ।

    लघुवित्तले खुद ब्याज आम्दानी १५ करोड ९५ लाख ८४ हजार पु¥याएको छ । भने अघिल्लो बर्षको यही अवधिमा ७ करोड ५० लाख ७३ हजार मात्र व्याज आम्दानी गरेकोमा यस बर्ष व्याज आम्दानी पनि उल्लेख्य वृद्धि भएको संस्थाले जनाएको छ । यसैगरी समिक्षा अवधिमा ७७ करोड ८६ लाख ९९ हजार बचत संकलन गरी २ अर्ब ६५ करोड ८४ लाख सापटी लिएर ३ अर्ब ७ करोड २८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो बर्षको यही अवधिमा लघुवित्तले ४३ करोड १६ लाख ३८ हजार बचत संकलन गरी १ अर्ब १७ करोड २४ लाख सापटी लिई १ अर्ब ७० करोड ५२ लाख कर्जा परिचालन गरेको थियो ।

    यसै गरी वित्तीय संस्थाको अघिल्लो आर्थिक बर्षमा ४ करोड २ लाख ६८ हजार मात्र रहेको रिर्जब समिक्षा अवधिमा ९ करोड ४० लाख ९२ हजार पुगेको छ । अघिल्लो आर्थिक बर्षको यही अवधीमा कुल १४ करोड ७० लाख रुपैयाँ चुक्ता पुंँजी रहेकोमा यस आर्थिक वर्षमा चुक्ता पुंजी २५ करोड ६९ लाख ८० हजार भएको छ । त्यस्तै समिक्षा अवधिमा कस्ट अफ फण्ड ५.४१ प्रतिशत रहेको छ भने तरलता अनुपात १०.५२ प्रतिशत, प्रति शेयर आम्दानी ३९.३३ (बार्षिक) रहेको सिइओ न्यौपानेले जानकारी दिए ।
    सो लघुवित्तले गोरखामा प्रधानकार्यालय स्थापना गरी २०७४ साल मंसीर ३ गतेबाट कारोबार सञ्चालन गरेको लघुवित्तको हाल सम्म ७६ वटा शाखा कार्यालयहरु मार्फत ६६६६६ सदस्यलाई सेवा प्रवाह गरीरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु