• रौतहट थप १४ जनामा कोरोना पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार १८:१७

    ललन कुमार चौरसिया ।।रौतहट १५ वैशाख।।।

    रौतहट जिल्लामा आज थप १४ जनामा कोरोना पुष्टि भएका हुन ।

    जिल्लाको गौर स्थित जिल्ला गौर अस्पतालमा गरिएको २८ जनाको स्वाव परीक्षण गर्दा१४ जनाको रिपोर्ट पोजिटिभ आएको गौर अस्पतालले जनाएका छन्

    गौर नगरपालिकामा ४ जना , गरुडा नगरपालिकामा ३ जना ,चन्द्रपुर नगरपालिकामा ३ जना तथा यमुनामाई गाउँपालिका , गढीमाई न.पा., फतुवा बिजयपुर न.पा., बौधीमाई न.पा.मा १/१ जना गरि १४ जनालाई कोरोना संक्रमण पुष्टि भएका हुन् ।

    रौतहटमा कोरोना संक्रमितको संख्या जम्मा १०५ पुगेका हुन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु