त्रिभुवन बिश्वबिद्धालयमा कार्यरत आंशिक प्राध्यापकहरुले विशेष आर्थिक राहात प्याकेज ल्याउनुपर्ने माग गर्दै उपकुलपति कार्यलयमा ज्ञापनपत्र बुझाएका छन । कोरना माहामारीले आफुहरु अत्यन्त मारमा परेको भन्दै बिश्वबिद्यालयले राहत प्याकेज ल्याउनु पर्ने माग आंशिक शिक्षकहरुले गरेका हुन् । आंशिक प्राध्यापक संघका केन्द्रीय उपध्यक्ष नविन खनालको नेतृत्वमा टोलीले उपकुलपनि कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । महामारीमा बौद्द्धिक सस्थाले आफ्ना शिक्षकहरुप्रती को दायित्व पूरा गर्न नसकेको आरोप लगाउदै गत पौष महिनामा भएको सम्झौता छिटो कार्यन्वयन गर्न आग्रह गरेको छ। गत पौषमा भएको सम्झौता कार्यान्वयन नभए देशभरिका त्रि बि का आंशिक प्राध्यापकहरु सम्पुर्ण पठन पाठन कार्य र परिक्षामा समेत सहभागी नहुने र आन्दोलनमा उत्रने चेतावनी ज्ञापनपत्र मार्फत दिएका छन् । लामो आन्दोलन र संघर्ष पछि भएको सम्झौता कार्यान्वयन हुनेमा आफु विश्वस्त रहेको र कार्यान्वयनमा चासो नदेखाए कडा आन्दोलनको विकल्प नभएको आंशिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष आन्दोलन परिचालन समितिका संयोजक नविन खनालले वताउनु भयो । आन्दोलन परिचालन समितीका संयोजक नवीन खनाल द्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा दुई सुत्रीय माग राखिएको छ । आम्शिक प्रध्यापकहरुको जिवन यापनमा कठिनाइ भएकोले तत्काल आंशिक प्राध्यापकहरुलाई राहात प्याकेज लागू गरियोस र गत २०७६ पौष मा भएको सम्झौता छिटो कार्यनवन गरियोस , आंशिक प्राध्यापककहरु अत्यन्त मारमा परेकोले आन्दोलनको लागि ठूलो दबाब आएको उल्लेख गर्दै सम्झौता कार्यन्वयन गर्न आनाकानी गरे कडा भन्दा कडा आन्दोलनमा उत्रने आन्दोलन परिचानल समितका संयोजक खनालले बताउनु भयो।