पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

पहिलो पिजा अर्डर गर्नेलाई ‘फ्री पिजा, फ्री डेलिभरी’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख १७ गते, शुक्रबार १५:३२

काठमाडौँ, १७ वैशाख । काठमाडौँको लाजिम्पाटमा रहेको हस्पिटालिटी म्यानेजमेन्ट स्कूल ‘कोथिना मिठो छ’ पहिलो पिजा अर्डर गर्नेलाई ‘फ्री पिजा, फ्री डेलिभरी’ अभियान सञ्चालन गरेको छ ।नयाँ भेरियन्टसहित विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको लकडाउनसँगै काठमाडौँ उपत्यकामा निशेषधाज्ञा जारी भएसँगै लाजिम्पाटमा रहेको कोथिना मिठो छ रेष्टुरेन्टले ग्राहकको सेवालाई ध्यानमा राखेर उक्त अभियान सञ्चालन गरेको हो ।

कोथिना मिठो छ संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवेन्द्र पोखरेलले लकडाउनका कारण आफ्नो रेष्टुरेन्टमा आएर सेवा लिन नपाएका लाजिम्पाट क्षेत्र र त्यसवरपर एक किलोमिटरका सेवाग्राहीलाई ध्यानमा राखेर उक्त अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । “सम्पूर्ण सुरक्षा सम्बन्धि मापदण्ड पुरा गरेर सुपथ मूल्यमा आफ्ना ग्राहलाई पिजा खुवाउने उदेश्यका साथ यो अभियान सञ्चालन गरेका हौँ,”– सिईओ पोखरेलले भन्नुभयो ।

आजदेखि पहिलो अर्डर गर्ने १० जनालाई १० वटा फ्री पिजा, फ्री डेलिभरीसहित उपलब्ध गराउने र आगामी दिनमा सुपथ मूल्यमा पिजा उपलब्ध गराउने सिईओ पोखरेलले बताउनुभयो । पिजा पाउनका लागि कोथिना मिठो छ रेष्टुरेन्टको मोबाइल नं ९८६०६३३५३९ अथवा ९८१८४३९५७२ मा सिधा सम्पर्क गर्न सकिनेछ ।

कोथिना मिठो छ संस्थाले हाल सानो खालको पिजालाई रु २५५ देखि ठूलो पिजालाई रु ३७५ सम्म बेच्दै आएको छ । एक दशक पहिले काठमाडौँको लाजिम्पाटमा स्थापना भएको कोथिना मिठो छ रेष्टुरेन्टले वेरोजगार युवालाई होटल तालिमसँगै रोजगारी प्रदान गर्दै आएको छ । हालसम्म देशभरका २५ सय युवालाई तालिम प्रदान गरेको सिईओ पोखरेलले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु