१९, बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राजिनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजिनामा दिएको जनाइएको छ । पोख्रेलले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतवार राजिनामा पेश गरेको जनाइएको छ ।
मुख्यमन्त्री पोख्रेल बिरुद्ध नेपाली कांग्रेश, नेकपा (माओवादी केन्द्र) लगाएतका दलले पेश गरेको अविश्वास प्रस्तावमाथि आज देखि सभामा छलफल हुने कार्यक्रम तय भएको थियो ।