हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • रोग प्रतिरोधात्मक क्षमता बढाउन आम जनसमुदायमा अनिवार्य बिहान बेलुका दुई गिलास दुध सेवनको लागि अनुरोध

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार १८:०६

    काठमाडौं ।नोवेल कोराना (कोभीड-१९) भाइरसको दोश्रो लहर फैलिएसँगै जागरण कार्यक्रममा लाग्दै रोग प्रतिरोधात्मक क्षमता बढाउन आम जनसमुदायमा अनिवार्य बिहान बेलुका दुई गिलास दुध सेवनको लागि अनुरोधगरेको छ ।

    नेपाल डेरी एसोसिएसनले आज जुम मिटिङ मार्फत आफ्नो केन्द्रिय समितिको बैठक राखि नेपालको प्रायः सबै स्थानहरुमा नोवेल कोरोना भाईरसको दोश्रो लहरको संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सर्तकता अपनाई, खानपानमा विशेष ध्यान दिँदै स्वस्थ्य मापण्डको पूर्ण पालना गर्दै, दैनिक रुपमा गर्नुपर्ने दूध संकलन,प्रशोधन, ढुवानी एवं बजारीकरणका समयमा सुरक्षाका सबै मापदण्ड अपनाई आफू पनि सुरक्षित रहि आम उपभोक्तालाई सुरक्षित रुपमा आफ्ना उत्पादन पुर्याउन अनुरोध गर्दै आवश्यक अनुसार पूर्व तयारीको व्यवस्थापनमा समेत लाग्न सवैलाई अनुरोध गरिन्छ । साथै सरकारले यो महामारीको समयमा पनि नाफा घाटाको कुनै प्रवाह नगरी दिनरात आफ्नो काममा लाग्ने सबैलाई मनोबल बढाउने खालका कार्यक्रम ल्याउन अनुरोध गर्दछ । दूध अती आवश्यक बस्तु भएको र समयमा गन्तव्यमा पुर्याउन नसक्दा खेर जाने हुँदा ढुवानीको समयमा कुनै पनि अवरोध नगर्न पनि अनुरोध गर्दछ । दुध धेरै दिन भण्डार गरेर राख्न पनि समस्या हुने र धुलो दुध, बटर गत सालकै टन्नै स्टक भएकोले अहिले देशैभर दैनिक ६० प्रतिशत बजार घटेको अवस्थामा कसरी बढि भएको दुधको ब्यवस्थापन गर्ने भन्ने विषयमा पनि गहन छलफल भयो । एसोसिएसनभित्र मात्र देशभरीको स्टकको तथ्यांकमा धुलो दुध र बटर गरेर करिब एक अर्ब रहेको छ भने देशै भरी सबै डेरीहरुको तथ्यांक हेर्दा करिब ३ अर्बको छ । यसले गर्दा आम उद्योगीकाे चाचु पुजि रोकिएकोले कतिपय उद्योगले अहिलेसम्म पनि किसानको भुक्तानी दिन बाँकी रहेको छ । यसको लागि सरकारले स्टक सामान बराबर उद्योगलाई कर्जा उपलब्ध गराउनुपर्यो । त्यसो गर्दा किसानको भुक्तानी पनि हुन्छ र उद्योगीलाई पनि दैनिकी चल्न सजिलो हुन्छ ।

    यसरी जताततै यो महामारी बढ्दै गरेको सन्दर्भमा देशैभरी रहेका नेपाल डेरी एसोसिएसनको आफ्नो संरचना पालिका, जिल्ला, प्रदेश र केन्द्रका पदाधिकारी एवं आम सदस्यहरुलाई आ-आफ्नो क्षेत्रमा दायित्व बोधका साथ जागरण अभियान संचालन गर्दै जनचेतनामुलक कार्यक्रम संचालन गरि कोरोना भाईरसबाट बच्ने उपायको जानकारी गराउँदै कोभिड सुरक्षा अभियान संचालन कार्यमा जुट्न हार्दिक अपिल गरिन्छ ।

    हाल एसोसिएसनले नियमित रुपमा संचालन गर्दै आएका सबै गतिविधिहरु महामारीको न्यूनीकरण नहुने बेलासम्मका लागि भौतिक रुपमा उपस्थित भैई गर्ने कार्य जति सबै स्थगन गरि सहयोग कार्यमा जुट्नका लागि एसोसिएसनका सम्पूर्ण तहगत संरचना एवं आम सदस्यहरुलाई अनुरोध गरिन्छ । आ-आफ्नो टोल, समाज र घरको सरसफाई गर्दै आफ्नो स्वास्थको सुरक्षामा विशेष ध्यान दिँदा महामारीबाट जोगिन सक्ने धेरै सम्भावना देखिएको हुँदा डर त्रासभन्दा पनि आम समुदायको आत्मवल वढाउने कार्यमा सहभागी हुन आव्हान गरिन्छ । साथै सन्तुलित भोजन नै रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रमुख उपाय भएकोले दूध पूर्ण पौष्टिक आहार भएकोले दैनिक बिहान बेलुका बालकदेखि वृद्धासम्म सबैले दुई गिलास दूध अनिवार्य सेवन गर्न एसोसिएसन आम सम्पूर्ण जनसमुदायलाई अनुरोध गर्दछ ।

    राधाकृष्ण सापकोटा
    (अध्यक्ष )
    प्रल्हाद दाहाल
    ( महासचिव )
    ९८५१०९५१२७

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु