हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार १८:१३

    काठमाडौं, बैशाख २० गते ।
    राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य रेणुका श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले सुरक्षाकर्मीलाई सोमबार स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । दुवैले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।
    महानगरीय प्रहरी प्रभाग, थली र महानगरीय प्रहरी विट, मुलपानीका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । थलीको प्रभागलाई १८ थान सेनिटाइजर, सर्जिकल मास्क ३ सय थान र ह्यान्ड सोप १ थान प्रदान गरियो । त्यत्तिनै सामग्री मुलपानीको विटलाई पनि दिइएको थियो ।
    सर्जिकल मास्क सदस्य रेणुकाले सहयोग गरेकी हुन् भने बाँकी खड्काले उपलब्ध गराएका हुन् । खड्कासहित राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालका स्वकीय सचिव मनोज खड्गी र समाजसेवी अमरचन्द्र बोहराले सम्बन्धित स्थानमै गएर सामग्री हस्तान्तरण गरे । प्रभागका प्रहरी सहायक निरीक्षक जयबहादुर बस्नेत र विटका प्रहरी सहायक निरीक्षक प्रेमकुमार लिम्बूलाई उक्त सागग्री हस्तान्तरण गरिएको थियो ।
    तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका खड्काले यसअघि कोरोना भाइरस (कोभिड– १९) को संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन र निशेधाज्ञाका बेला पनि ४ सय २० दुःखी परिवारलाई खाद्य सामग्री राहत स्वरुप वितरण गरेका थिए । साथै सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु