• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार ११:२७

    काठमाडौं, २१ बैशाख । नेपाली बजारमा सुनचाँदीको भाउ केही दिन यता थपघट हुँदै आएको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

    सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा खरिद विक्रि भएको छापावाल सुन आज प्रतितोला ९० हजार ६ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    त्यस्तै, ८९ हजार ९ सय रुपैयाँमा हिजो कारोबार भएको तेजाबी सुन आज २ सयले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    महासंघको अनुसार सोमबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु