• पछिल्लो २४ घन्टामा देशभर ७६ सय ६० जनामा संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १७:३०

    काठमाडौं, २१ बैशाख । आज नेपालमा कोरोना भाइरसका ७६ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मंगलबार १७ सय ७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ८७ हजार ७ सय ९० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु