संचार कर्ममाआफैलाई नियाल्दा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २५ गते, शनिबार ०८:५४

सरोज ओझा

काठमाडौं/२०६४ फाल्गुण देखीको तयारी पस्चात २०६५ बैशाख २५ गते देखी बाल आवाज कार्यक्रमको प्रसारण आरम्भ गराएका थियौ । विधीवत रुपमा त्यही कार्यक्रमबाट नै संचार कर्ममा सकृय रुपमा लाग्न थालेको हो । हालको एनटिभी प्लस च्यानल ९तत्कालिन एनटिभी २० बाट हरेक सप्ताहन्त कार्यक्रम प्रसारण हुन्थ्यो, त्यस कार्यक्रम करिब ७ बर्षसम्म निरन्तर संचालनमा रह्यो । कार्यक्रम व्यवस्थापकबाट मैले क्यारियर शुरु गरेको थिए एक बर्ष पस्चात कार्यक्रम निर्मातार स्क्रिप्ट राईटर र २ बर्ष पस्चात कार्यक्रम निर्देशकको हैसियतले पनि काम सम्हाल्न शुरु गरे। यसरी निरन्तर रुपमा काम गर्दै आउने सिलसिलामा आजबाट तेर्हौ बर्ष पुरा गरि चौधौ बर्षमा टेकिएछ । हालसम्म आईपुग्दा नेपाल टेलिभिजन संस्थान अन्तर्गत ३ वटा च्यानलहरु नेपाल टेलिभिजन, एनटिभी न्युज र एनटिभी प्लसका लागि निम्न कार्यक्रमहरुको निर्माण र प्रसारणमा जोडिन पुगिएछ ।

एनटिभी

सचेतना (जानकारीमुलक कार्यक्रम),निर्देशक
कलेज सेफ आईकन (किकिङ रियालिटी शो), निर्देशक
आदर्श परिवार (परिवार र शान्ती सम्बन्धी कार्यक्रम), निर्माता
प्रवासीको सन्देश (प्रवासी नेपाली र वैदेशिक रोजगार बिशेष कार्यक्रम)कार्यक्रम संयोजक
नमस्ते नेपाल (प्रवासी नेपाली र वैदेशिक रोजगार बिशेष कार्यक्रम) कार्यक्रम संयोजक

एनटिभी प्लस
बाल आवाज (बाल कार्यक्रम) निर्देशक
कुरा मात्र भो ९हास्य टेलिसिरियल (निर्माण सल्लाहकारर/प्रस्तुतकर्ता)
बिजनेश इन्फो(व्यापार बिशेष)लाईन प्रोडयुसर

एनटिभी न्युज
सचेतना कार्यक्रम ९अन्तर्कृयात्मक कार्यक्रम (प्रस्तोतार निर्देशक)

नेपाल टेलिभिजन संस्थान अन्तर्गतका दुई च्यानल नेपाल टेलिभिजन र एनटिभी प्लसबाट ५० भन्दा बढिको संख्यमा बृत्तचित्र प्रसारणको कार्य पनि यस माझमा गरियो ।

मिडियाकर्मीको रुपमा सकृय रहदै जाँदा नेपालका १६ वटा स्याटलाईट च्यानलबाट एकैसाथ प्रत्यक्ष प्रसारण गर्न संयोजनकारी भूमिका निभाउने काम, साप्ताहिक पत्रिका घटना चक्रको बिशेष सम्पादक, अनलाईन पोर्टल रारा टाईम्सको सम्पादक, न्युजलाइन्स पत्रिकाको प्रबन्ध सम्पादक, कर्पोरेट पाक्षिक पत्रिका तथा कर्पोरेट खबर डटकमको सम्पादक, ग्लोरी मिडिया र राज्यदैनिक डटकमको अध्यक्षको हैसियतले काम पनि गरियो । ललितपुर महानगरपालिकाको बुलेटिनको सम्पादक भएर काम गर्ने मौका मिल्यो । दुई वटा पुस्तक प्रकाशनमा भाषा सम्पादकको हैसियतले काम गर्ने मौका पनि मिल्यो । हालसम्ममा प्रत्यक्ष ५ वटा हाराहारी टेलिभिजन विज्ञापन र केही रेडियो जिङल निर्माणमा संलग्न भैएछ । एक जमानामा अन्य एजेन्सीका लागि टिभि र रेडियो विज्ञापन निर्माणमा कन्सेप्ट डेभलपको कार्य थुप्रै गरियो । बाह्य डकुमेण्ट्री स्क्रीप्ट लेखन बर्षमा ५ वटासम्म हुने गर्दै आएको छ । प्रत्यक्ष रुपमा स्क्रिप्ट लेखन तथा निर्देशनमा संलग्न रहेर आँफै फिल्डमा खटिएर गौतम बुद्ध जन्मस्थल लुम्बिनी, युएस एम्बेसडर फण्ड फर कल्चरल प्रिजरभेसन अन्तर्गत गद्धी बैठक पुनर्निर्माण, नेपाल सरकारको सहुलियत बजार, दशौ सार्क व्यापार मेला, नेपालमा सुख्खा बन्दरगाहा,रेडक्रस अन्तर्गत वास एण्ड सेनिटेसन, नेपालमा बाल मैत्री गाविस, ललितपुर महानगरको बाल श्रम विरुद्धको कार्यक्रम हरियो झन्डा अभियान लगायत थुप्रै स्थानिय तहका लागि पनि ब्रित्तचित्र लेखन र निर्देशन गरियो । कतिपय कुराहरु कन्फिडिन्सियल पनि छन् भन्ने लाग्छ । अन्य सामान्य रिपोर्ट राईटिङ देखी भाषण लेखन, जीवनी लेखन, अंग्रेजी नेपाली र नेपाली अंग्रेजी अनुवाद, भिडियो इडिटिङसम्मका कार्य पनि नियमित गर्दै आएको छु । पछिल्लो समय विश्व स्वास्थ्य संगठनको लागि ब्रित्तचित्र निर्माण गर्ने एक परियोजनामा निर्देशकको भूमिकामा छु । यस माझमा मेरा अंग्रेजी र नेपालीमा केही थान लेखहरु प्रकाशित भएका छन् । पत्रकारिता क्षेत्रमा के के न योगदान पुर्याए जसरी सम्मानका लागि अफर आउँछ तर त्यस्तो कार्यक्रममा मेरो रुची रहदैन् र जाFदिन पनि।

म जे छु टेलिभिजन कर्मले आज यो स्थानमा छु झै लाग्छ, अरु कुरा तपशिलका बिषय हुन । समय अभावले गर्दा हालसम्म ३ लाख भन्दा बढि लगानी भैसकेको राराटाइम्स र बायोग्राफि नेपालको होस्टसँगको सम्झौता कार्यन्वयन गर्न सकिरहेको छैन । यस माझ धेरैलाई सहयोग नै गरियो भन्ने लाग्छ । कर्ममा खटिदै गर्दा मबाट लिने भन्दा दिने काम बढि भएको छ भन्ने लाग्छ । काम गर्दै जाँदा राम्रै मुखले भएन छैन पछि मिलाउला भन्ने देखी सम्झौता भन्दा बढि नै रकम दिने मानिसहरु पनि भेटिए । तर मैले जहिल्यै काम गर्दा हाम्रा भन्दा राम्रालाई प्राथमिकता दिए । करोडौको भिडमा सबैको सहि मुल्यांकन त गर्न कहाँ नै पो सकिन्छ र, यद्यपी नेपाली समाज हेरेर, सामाजिक, राजनैतिक र अन्य परिवेशहरुलाई नियाल्दै व्यक्तिगत स्वार्थलाई परै राखेर राष्ट्र र समाजको हित हुने गरि काम गर्न म अविचलित रुपमा अघि बढनु पर्छ भन्ने मान्यता बोकेरै संचार कर्ममा सकृय रहे । देश हाक्ने उच्च तहमा रहेका राजनीतिज्ञ, व्युरोक्र्याट्स, न्यायकर्मी, सामाजिक अभियन्ता कसैसँग पनि हार गुहार नगरि एउटै लयमा स्वयमको पहुँचमा विश्वास राखेर अघि बढे ।

राज्य नियन्त्रित संचार संस्थानका लागि काम गर्दै गर्दा मैले धेरै कुरा सिक्ने अवसर पनि पाए । यस माझ मैले सिकेको मुख्य कुरा भनेको संचार कर्ममा हतार भन्दा पनि तथ्य प्रमाण जुटिसके पछि मात्रै समाचारजन्य सामाग्रीले स्थान पाउनु पर्छ भन्ने नै हो । प्रणालीमा बसेर काम गर्ने शैलीको विकास पनि राष्ट्रिय प्रसारण प्रदायकसँगको १४ बर्ष अघि देखीको अनवरत सम्बन्धले सिकायो । यस माझमा आफुलाई भन्दा पनि राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न सिकायो, ठुलो माससँग जोडिन र जोडिएर काम गर्न पनि अवसर दिलायो । केही बाहेकका अधिकांश संचार गृहमा त्यो खालको अभाव मैले देखिरहेको छु । अरुको डाड कहिल्यै गरिएन बरु अरुको क्षमताको तारिफ नै गरियो । म जान्ने बुझ्ने, मैले मात्र गर्न सक्छु भनेर न त दम्भ नै पालियो न त त्यस्तो कुनै घमण्ड नै । यससँगै मेरो व्यक्तिगत आचरणका बिषयमा मैले भन्दा मसँग जोडिनु हुने अग्रज एवम् साथीहरुले मुल्यांकन गर्न मनाशिव हुनेछ भन्ने लाग्छ। तलाई सहयोग गर्छौ भन्नेसँग मलाई ल्याउनुस् भनेर हात थाप्दै पनि हिडिएन । प्राय घर र कार्यालय गर्ने बाहेक कामको सिलसिलामा फिल्डमा जाने शिवाय दिवाकालिन होस् कि रात्रीकालिन भेटघाट हुने कार्यक्रममा समेत निम्तो मान्न कमै गईयो । यसरी संचार कर्म निभाउदै छु । मैले पेशागत कर्म निभाउदै गर्दा आजको दिनसम्म मेरा कारण कसैले आफु ठगिएको र पिडित बनेको महशुस गर्नु भएको छ भने तपाईंहरु मध्ये जोकोहीले खुलस्त रुपमा आफ्नो कुरा सप्रमाण वा तर्क संगत रुपमा राख्नुहोला । न्याय मर्न नदिने कुरामा म प्रतिबद्ध छु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु