एनएसजेएफलाई राखेपको सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २७ गते, सोमबार ११:११

काठमाडौं, बैशाख २७ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) लाई सहयोग स्वरुप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना भाइरस (कोभिड– १९) को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निशेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपंक्तिमाा रहेर काम गर्नु पर्ने अवस्थालाई मध्यनजर गरी राखेपले स्वास्थ्य सामग्री एनएसजेएफलाई सहयोग स्वरुप प्रदान गरेको हो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एनएसजेएफका पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई १ सय थान सेनिटाइजर र २ सय थान सर्जिकल मास्क हस्तान्तरण गरे । सो अवसरमा राखेपका सदस्य–सचिव सिलवालका स्वकीय सचिव मनोज खड्गी पनि उपस्थित थिए । २०७६ सालको चैतमा गरिएको लकडाउनको अवधिमा पनि राखेपले एनएसजेएफलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु