दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २७ गते, सोमबार १८:५९

काठमाडौं, २७ वैशाख – पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १७ हजार ६२३ जनाको आरटी–पीसीआर र ७८८ जनाको एन्टिजेन परीक्षणबाट ९,२७१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १३९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ । यो कुल संक्रमितको ७७.४ प्रतिशत हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ जना छ । संक्रमितको संख्या तीव्र गतिमा वृद्धि भएसँगै पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २६ लाख ५२ हजार १३० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९३ हजार १४१ जना आइसोलेसन र ४२७ जना क्वारेन्टिनमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु