दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युवा व्यवसायीहरूले दमकका प्रहरीलाई मास्क र सेनीटाइजर वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २८ गते, मंगलवार १७:३०

दमक । दमकका युवा व्यवसायीहरूले दमकका प्रहरीलाई मास्क र सेनीटाइजर वितरण गरेको छ । युवा व्यवसायीहरूले कोभिड-१९ को महामारीका क्रममा जोखिम मोलेर जनताका सेवामा खटिरहेका प्रहरीलाई मास्क तथा सेनीटाइजर वितरण गरेको हो । अलो इञ्जिनियरिङ्ग इन्टनेशनलका अध्यक्ष प्रकाश आङ्गबुहाङ लिम्बू, व्यवसायी तान्छोहाङ आङदेम्बे, धिरेन आङ्गबुहाङ लिम्बू र रन्जन राईले मंगलबारदमक इलाका प्रहरी कार्यालयका प्रमुख नवराज कार्की र प्रहरी निरीक्षक अनिल माबोहाङलाई ११ सय थान मास्क, ७९ थान सेनीटाइजर र १ सय थान पन्जा हस्तान्तरण गरेका हुन् ।

दमकका प्रहरीलाई सहयोग गर्न पाउँदा खुशी लागेको अलो इञ्जिनियरिङ्ग इन्टनेशनलका अध्यक्ष प्रकाशले बताए । अग्रपंतिका काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने उनले बताए । दमक इलाका प्रहरी प्रमुख कार्कीले युवा व्यवसायीहरुलई धन्यवाद दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु