आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • विदेशीनुको पीडा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार २२:२८

    विदेशीनुको पीडा

    नमिठो टिस
    कमाएर पठायो
    श्रीमती वेपत्ता
    वच्चा रोगी

    मागेरै कामचलाउनु पर्ने वाध्यता
    उपचार
    खर्चले धान्दैन
    फेरी पलायन
    मनैत हो मान्दैन
    विदेश जानुको पिडा
    यसो गर्नपाए हुन्थ्यो की
    उसो गर्नपाए हुन्थ्यो की ?

    उनी आफ्नो कथा
    स्टेजमा उभ्भिएर सुनाउँदै थिए
    वच्चा गित गाउँदै थियो
    पिडा भुल्ने कोशिसमा
    जिन्दगी माग्दै थियो

    सहयोगि हातले कति धान्छ ?
    कति भल्छ ढुकढुकी उधारोको ?
    तै पनि आश मरेको छैन
    उ ज्यून चाहन्छ
    असिमति आकांक्षा पाल्छ
    जिन्दगी यसरि नै घिस्रीरहेछ ।

    खुसि खोज्छ संगीतमा
    गायनमा देश खोज्छ
    कसले दिने हो देश
    ज्यान हत्केलामा राखेर
    आफैँलाई खोज्दैछ

    आज वुद्धसंग आशीस माग्दै थियो
    देविदेवता भक्दै थियो
    अवोध अनुहारको अगाडी
    नरसाउने कुनै आँखा थिएन
    नरोकिने कुनै वाक्य थिएन
    स्वयम्भुको अगाडी
    जिन्दगीको भिख माग्दै थियो ।

    —आर्यालय

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु