दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साधना लघुवित्तद्धारा शव ब्यवस्थापनका लागि पिपिई सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख ३० गते, बिहीबार १४:३८

गोरखा । कोरोनाभाइरस(कोभिड–१९) को संक्रमणकाे उच्च जोखिमको कारण मृत्यु भएका ब्यक्तिहरुको ब्यवस्थापनको लागि साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले जिल्ला स्वास्थ्य कार्यालय, गोरखालाई शव ब्यवस्थापन पिपिई सहयोग गरेको छ ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य कार्यालय, गोरखालाई २५ थान पिपिई सहयोग गरेको हो ।

पछिल्लो समयमा कोभिड १९ को दोस्रो भेरियन्टको कारण एकाएक कोभिड बिरामीको मृत्युदरमा बृद्धि भए संगै सो को ब्यवस्थापनमा सहजता होस् भन्ने उदेश्यले पिपिई सहयोग गरिएको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले शव ब्यवस्थापनमा खटिने समूहको मनोवलमा थप टेवा पुग्ने विश्वास लिएको छ । वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु