भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • काठमाण्डौ फर्कियो ‘प्रेमगन्जु टिम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार १७:३१

    काठमाडौं ।चर्चित नायिका सुरक्षा पन्त र निर्देशक मनोज पण्डीतको मुर्हुत सटबाट छायांकन सुरु गरेको चलचित्र प्रेमगन्जको छायांकन युनिट ग्रामिण क्षेत्रको छयांकन पुरा गरि काठमाण्डौ फर्किएको छ ।

    काभ्रेको कात्तिके देउरालीमा बैशाख ०७ गते देखि २७ गते सम्म चलचित्र छयांकन गरि सम्पूर्ण युनिट काठमाण्डौ फर्किएको हो । हाल सम्म चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ भने बाँकी ४० प्रतिशत छयांकन कोरोना महामारीको प्रभाव कम भई निषेधाज्ञा हटे पश्चात काठमाण्डौमा गरिने निमार्ण टिमले जानकारी दिएको छ ।

    विशुद्ध प्रेमकथामा आधारित यस चलचित्रमा बेनिशा हमाल,तेज गिरी,सम्पदा बानिया, रश्मी भट्ट, नरेश पौडेल, रामबाबु रेग्मी, गिता अधिाकारी, पवन भट्टराई, संजोग रसाईली, गित बिष्ट, राईडर प्रशन्त, सुप्रिया खनाल, सिम्रन खड्का, अन्चित ढुङ्गाना लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र निमार्णमा कुनै कन्जुस्याँई नगरि अत्याधुनिक प्रविधिहरु मार्फत चलचित्र खिचिएको छायाँकार सन्जय लामाले बताए ।

    चलचित्र चौतारिको ब्यानरमा निमार्ण हुन लागेको यस चलचित्रका निमार्ता राजु फुयाँल हुन भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । सम्पूर्ण टिमले अत्यन्तै मेहनतका साथ काम गरेको र यस चलचित्रले आम दर्शकलाई बेग्लै किसिमको अनुभुती दिलाउनेमा विश्वस्थ रहेको यस चलचित्रका निर्देशक परिच्छेद सेनले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु