आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • नेतृत्वको सचिवालय ब्यवस्थापन, केहि खट्केका कुराहरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार १२:४५

    हिजो बैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको शपथ खाँदा केहि अस्वभाविक दृश्य देखिन पुगे । राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाने क्रममा प्रधानमन्त्री ओलीले शपथमा लेखीएको ‘प्रतिज्ञा’ शब्द दुई पटकसम्म अस्विकार गरेको र राष्ट्रपतिबाट ‘हि हि’ शब्द उच्चारण गर्दै शपथ अघि बढ्यो । तर प्रधानमन्त्रीले अरुलाई शपथ खुवाउने क्रममा मज्जाले त्यहि भाषा प्रयोग गर्नुभयो । शपथको शब्दका बिषयमा सचिवालय चुक्यो, प्रधानमन्त्रीले अहंकार देखाउनु भयो वा राष्ट्रपति निरही बन्नुभयो । त्यसको सहि समिक्षा होला नै तर त्यो दृश्यका कारण मेडिया र प्रबुद्ध नागरिकबाट निकै आलोचना भए र लज्जित नै बनायो पनि ।

    शपथको शब्दका बिषयमा सचिवालय चुक्यो, प्रधानमन्त्रीले अहंकार देखाउनु भयो वा राष्ट्रपति निरही बन्नुभयो । त्यसको सहि समिक्षा होला नै तर त्यो दृश्यका कारण मेडिया र प्रबुद्ध नागरिकबाट निकै आलोचना भए र लज्जित नै बनायो पनि ।

    देशको सबैभन्दा शिर्ष पद राष्ट्रपतिको सचिवालयबाट दिएका शुभकामना, समवेदना र बधाई सन्देशहरुमा भएका केहि त्रुटी तथा अस्वभाविक भेटघाटको सम्प्रेषणलाई सामान्य मान्न नमिल्ने केहि टिप्पणी पनि स्मरणीय छन् भने उपराष्ट्रपति नन्दबहादुर पुनको पूर्व घोषीत कार्यक्रम रद्ध ( पोखराबाट होटल र चितवनबाट महायज्ञ उदघाटन नगरी फर्कनुपरेको) नै भएको घटना पनि हामीले ब्यहोरेका छौं । प्रधानमन्त्रीको सचिवालय सम्हाल्ने जिम्मेवार व्यक्तिहरुबाट दिइएका गैरजिम्मेवार अभिव्यक्ति, प्रतिक्रिया र अराजक पाराको संजाल संचालनले सचिवालयकै मर्यादामा यसअघि कयौँ प्रश्न खडा भएका हुन् । सचिवालयमै रहेर अभिब्यक्त गरिने उरन्ठउेला र अमर्यादीत शब्दबाणले नेताहरुमा बैमनश्यता बढाउने र कलह तथा बिग्रह निम्त्याउन सक्ने लक्षण पनि हामीले ब्यहोरिसकेका छौं ।

    “साथीहरुका गम्भिर र उत्साहि कुरा सुन्न पाउँदा म मज्जाले बसेछु, घडि हेरिनछु । चिनीया राजदूतसँग ४ बजेको भेटघाट थियो, ४ त यहि बजिसकेछ । एकछिन चिया खुवाएर भुलाएर राख्न भनेको छु ।” युवा संघको स्थापना दिवसका अवसरमा गतबर्ष आयोजित राष्ट्रिय सभागृहको एक कार्यक्रममा प्रमुख अतिथि मानिएका तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमा आफैले बोलेको विषय हो, यो ।

    यस्ता धेरै बिषय राजनैतिक दलहरुसँग नै बढि जोडिदो रहेछ । कोरोनाको लखेटाइले अत्तालिएका नागरिकहरु हप्तौँसम्म बाटामा हिंडेर थला परेको, आफ्नो माटोमा सुरक्षित हुन नाङ्गै नदि पार गरेको र सरकारले सहि अभिभावकत्व दिन नसकेर स्थिति संवेदनशिल बनेका बेला देशको एक प्रमुख नेताको सचिवालयबाट उपत्यकाभरी वासना पुरै फैलिओस् जस्तो गरी मासु पोलेर रमाइलो गरेको फोटो सार्वजनिक गरिए । सो फोटाले नेतृत्वप्रति त्यतिबेला घृणा र आक्रोश बढाउदा समर्थकहरुको हालत कस्तो भयो होला सजिलै अनुमान गर्न सकिन्छ ।

    यतिसम्म हुन्छ की बाँचुन्जेल नेतृत्वलाई भेटने र सुझाव राख्ने अवसरै दिइदैन तर उसको निधन पछिको लोकप्रियता क्याच गर्न ‘उहाँ हाम्रो आदर्श ब्यक्तित्व’ भनेर वक्तब्य जारी गराइन्छ ।

    समाजवादमा शिक्षा, स्वास्थ निशुल्क भन्दै भोट मागेर सत्तामा पुगेका नेताहरुले जनतालाइ चिढाउने गरी स्वार्थीतत्व र माफियाहरुसँग मार्सी चामलको खान्की खाएको फोटो नेताहरुकै सचिवालयमार्फत सजिलै सार्वजनिक भएका छन् । नेतृत्वको राजनैतिक इतिहास र वर्तमान अभिभारासँग सम्बन्ध नै नभएका विवादास्पद् व्यक्तिहरुले महिनाको ३ पटक भेटेको फोटो सार्वजनिक गर्न सचिवालय कत्ति हिच्कीचाउने गरेको छैन एकातिर भने अर्कातिर आफनो नेतालाई रचनात्मक सुझाव दिन पाउँ भनेर बिन्तिपत्र हाल्नेहरुलाइ पनि निराश पार्ने काम गरीन्छ । यतिसम्म हुन्छ की बाँचुन्जेल नेतृत्वलाई भेटने र सुझाव राख्ने अवसरै दिइदैन तर उसको निधन पछिको लोकप्रियता क्याच गर्न ‘उहाँ हाम्रो आदर्श ब्यक्तित्व’ भनेर वक्तब्य जारी गराइन्छ ।

    पार्टी र आन्दोलनका बारेमा सुझाव दिन्छु भनेर कोरोना अगाडिको ३ महिना धाउदा पनि भेट नपाएका एक मित्रले उनलाई कसैले दिएको आइडिया सुनाउदै भने ‘फलाना, धनाढ्यले ठूलै प्रस्तावसहित विशेष भेटघाट चाहेका छन्, नेतृत्वलाई पनि फाइदा, तपाईलाई पनि फाइदा भनेर भेटघाट मिलाउने फलाना हर्ताकर्तालाई भन्नुभयो भने सजिलै भेट पाउनुहुन्छ । सचिवालयमा औपचारिक भन्दा पनि अनौपचारिक च्यानेल (परीवारको फलाना) मार्फत मिलाउनुस् तुरुन्तै हुन्छ भनेका थिए, नभन्दै त्यहि फर्मुला प्रयोग गरेको सजिलै मिल्यो ।’

    समाजवाद निर्माणका बहुआयामिक पाटाहरुबारे बुँदागत धारणा सुनाउन भेट पाउँ भनि बिन्तिपत्रै हालेका एक अर्का बौद्धिक नेताको दुखेसो उस्तै थियो । उनले भनेका थिए, ‘विचार प्रवाहको विधि बनेको भए प्रणालीमार्फत नै नेतृत्वलाई कुरा पुग्थ्यो, नेताको भोकाएको अनुहार हेर्न र चाकडीवाट केही झार्न होइन, तर भेट मिलाइएन ।’ त्याग, निष्ठा, बलिदानी भाव र सम्बन्धित आन्दोलनहरुमा पु¥याएको योगदानलाई बेप्रवाह गर्दा नेतृत्वप्रति इश्र्या र शत्रुता बढाएका थुप्रै दृष्टान्त छन् । नेतृत्वको मिशनका बिपरीत सचिवालयबाट पनि हुन सक्ने यस्ता कतिपय ब्यबहारले न्याय र विवेक पुरै मर्ने गरेको मात्र होइन सहि संचारका अभावमा अप्रत्याशित घटनाहरु समेत घटन पुगेका छन् ।

    सैद्धान्तिक रुपमा भन्दा नेतृत्वले पक्रेको मिशन अनुसार सचिवालय बनेको हुनुपर्दछ तर हाम्रो अभ्यासमा नेतृत्वको ब्यक्तिगत नियत अनुसार सचिवालय व्यवस्थापन गरिएको भेटिन्छ । संधै भद्रगोलमा गोल हान्छु भन्ने तदर्थवादमा रमाउन चाहने र व्यक्तिवादी अभिष्ट पूर्तिमा केन्द्रीत हुने नेतृत्वले सचिवालयलाई उद्देश्यमुखी, चुस्त र पारदर्शी बनाउन चाहँदैन । यात्रा सफलताका लागि सचिवालयको छनोट र व्यवस्थापनमा ध्यान दिने भनिएका र तुलनात्मक रुपमा सहि ठानीएका नेतृत्वसमेत कतिपय अवस्थामा विवादित हुन पुगेका छन् । मानव सभ्यता, नेतृत्वको राजनीति र निष्ठा, देश, विदेशका प्रविधि र ज्ञान तथा पछिल्लो अपडेट बुझ्ने हैसियत एवम् सम्बन्धित दल वा अन्य दलका नेता कार्यकर्ताको पहिचान र विवरण तथा समाजको समग्र तप्कासँगको सम्बन्ध कला नभएका व्यक्ति सचिवालयमा राख्ने गरिएका कारण पनि लाभ भन्दा नोक्सानी बढी व्यहोर्नु परेको छ ।

    सैद्धान्तिक रुपमा भन्दा नेतृत्वले पक्रेको मिशन अनुसार सचिवालय बनेको हुनुपर्दछ तर हाम्रो अभ्यासमा नेतृत्वको ब्यक्तिगत नियत अनुसार सचिवालय व्यवस्थापन गरिएको भेटिन्छ । संधै भद्रगोलमा गोल हान्छु भन्ने तदर्थवादमा रमाउन चाहने र व्यक्तिवादी अभिष्ट पूर्तिमा केन्द्रीत हुने नेतृत्वले सचिवालयलाई उद्देश्यमुखी, चुस्त र पारदर्शी बनाउन चाहँदैन ।

    नेतृत्व, सचिवालय र व्यवस्थापन यी तिनवटै शब्दको व्याख्या र विश्लेषण विभिन्न जोड र कोणबाट हुने पनि गरेका छन् । हेर्दा यी फरक फरक शब्द हुन तर भावमा संगै जोडिएका छन् । नेतृत्व के हो ? तत्कालीन अवस्था के हो ? जनअपेक्षा के हो ? भन्ने ख्याल सचिवालयले हमेशा राखेको हुनुपर्दछ । सामान्य अर्थमा हाम्रो बुझाइ नेतृत्व भनेको नेतृत्वकर्ता हो । नेतृत्व दिइरहँदा वा गरिरहँदा उ एक्लै केही गर्न सक्दैन । नेता वा नेतृत्व सिधा सामूहिक भावसँग जोडिने विषय पनि हो । नेता र नेतृत्वको स्वरुप बारे विभिन्न ढंगले चचार्, परिचर्चा, व्याख्या र सम्प्रेषण हुँदै आएका पनि छन् ।

    संगठनका प्रकृति अनुसार नेतृत्व र सचिवालयको स्वरुप फरक भएपनि सचिवालयको मुख्य सार नेतृत्वको मिशनलाइ सफल बनाउनु नै हो । नेतृत्व भनेको राज्य संयन्त्रका हिसाबले राष्ट्रपतिदेखि कार्यकारी प्रधानमन्त्री हुँदै आ–आफ्ना मन्त्रालय, विभाग, कार्यालय र वडा तथा टोलसम्म आउँदाका मुख्य जिम्मेवारी मात्र होइन, परिवारका हिसाबमा आउँदा घरमुलीसम्म बुझ्नु पर्दछ । पारिवारिक वा सांस्कारीक काममा जान लागेको आफ्नो घरको सदस्यलाई त्यहाँ लैजाने सामान ठिक र चुस्त पारिदिनु, समय सम्झाइदिनु पारिवारका अन्य सदस्यको काम हुन्छ । घरको नेतृत्वकर्ता वा मुख्य मानिसलाइ घरभित्र पनि यी कुराको हेक्का गराइदिने र मुलीले तद्अनुरुपको सीप, कला वा सभ्यता सम्प्रेषणमा ध्यान दिने हो भने सो टोल वा समाजमा त्यो परिवारको मर्यादा र गरीमा उच्च हुन्छ ।

    नेतृत्वको भाव र अर्थ समग्रमा नेतृत्वकर्ता नै हो । आजकल नेतृत्व र सचिवालयको प्रसंगलाई अन्यथा जोडेर खिसिटिउरी पनि हुनेगरेका छन् । ‘राधेश्यामको नीजि सचिवालय’ भनेर वडापार्टी इन्चार्जको सञ्जालमार्फत आउने गरेका पनि छन् । अलिकति धेरै काम गर्नुपर्ने र व्यस्त रहने हरेक तहको नेतृत्वले आफ्नो कार्य सम्पादनमा चुस्तता भन्दा पनि प्रचारका लागि सचिवालयको सिको बढाएका छन् । लक्ष्य र भावका हिसाबले यो अन्यथा नभएपनि अधिकांशको कार्यसम्पादन र सस्तो प्रचारबाजीले खिल्ली उडाएको पनि देखिन्छ ।

    नेतृत्व भनेकै लक्ष, उद्धेश्य र मिशनका लागि सफलताको अगुवाई गर्ने मुख्य व्यक्ति हुने भएकाले नीजले सम्पादन गर्नुपर्ने कामका लागि सहयोगी व्यक्ति, टिम वा कार्यालय सहितको समूहको व्यवस्था गरिएको हुन्छ । नेपालको राजकीय नेतृत्वका विभिन्न तहमा सचिवालय दुई किसिमले राखिएका छन् । नेतृत्वको पृष्ठभूमिका आधारको कार्यका लागि स्वकीय र राजकीय तथा अन्य सार्वजनिक जिम्मेवारी सम्बन्धित कार्यका लागि नीजि सचिवालयको व्यवस्था गरिएको छ । तर यो दुई भन्दा छुट्टै ‘ किचेन ’ कन्सेप्टको व्यवहार पनि बढीरहेकै छन् । हाम्रो अभ्यासमा नीजि सचिवालयबाट औपचारीक, कानुनी र जवाफदेहीपूर्ण कामहरु बढि हुने गरेका छन् । स्वकीय सचिवालयमा अनौपचारीक बढी र औपचारीक कम हुने गरेका छन भने ‘किचन’ भित्र भने नेतृत्वको खास मकसद पुरा गर्न नेतृत्वले छानेका र विश्वासिला भनिएका पात्र मात्रै पुग्दछन् । नेपालको सम्बन्धमा कुनै निकायबाट हुने लाभकारी बिषयमा छलफल वा निर्णय हुँदा नीजि सचिवालयले थाहा नै नपाएको र स्वकीय सचिव समेत वेखबर हुनु परेका घटनाले ‘किचन’ को अभ्यास अपारदर्शी रुपमा बढेका पनि छन् । लोकतान्त्रिक राज्य प्रणालीमा यस्ता विषय शोभनीय होइनन् । नेतृत्व सहि र असल छ भने उसले किचनको परिकल्पनै गर्नु पर्दैन भने स्वकीय र नीजि सचिवालय पनि अलग नराखेरै काम गर्न सकिन्छ ।

    नेतृत्वको भेटघाट, कार्यक्रम तथा योजना एवं दैनिक, साप्ताहिक, मासिक र बार्षिक क्यालेन्डर चुस्त बनाउने मात्र नभएर नेतृत्व कस्तो कार्यक्रममा जान हुने वा नहुने, संविधान वा पार्टीको घोषित नीति अनुरुप छ वा छैन, नेतृत्व जाने कार्यक्रमस्थल र सहभागिता कस्तो हुन्छ ? नेतृत्वको स्वागत व्यवस्थापन कसरी हुँदैछ ? विवादास्पद् वा अचाक्ली हुन नदिन कसरी मिलाउने ? नेतृत्वले बोल्नुपर्ने कुराको बुदा छनौट कसरी गर्ने आदि इत्यादी विषयमा सचिवालयले गम्भिर ध्यान पु¥याउनु पर्दछ । चेतना र मान्यता विरोधी संस्कृति, स्वागतका नाउँमा अचाक्लिका माला र अनावश्यक तामझाम, समवेदना दिन जाँदा वा बिपत्तिको पीडा र दर्द हेर्नजांदा पनि माला र खादा लाउने गरेका केहि घटनाले लज्जित बनाइसकेको छ । अघिपछि सामान्य लाग्ने तर नेतृत्वसंग जोडिएका कारण असामान्य हुने परीस्थितिप्रति सचिवालय संवेदनशिल हुनै पर्दछ ।

    नेतृत्वको सचिवालयबाट थोरैमात्र गड्बडी भयो भने निकै तनावका घटनाहरु घटनसक्ने हुन्छ । नेतृत्वले भेट्न पर्ने व्यक्तिले भेट्न नपाउने र भेट्न नपर्ने ब्यक्तिलाइ भेटाएर विवादमा पु¥याइदिने काम हुँदै आएका पनि छन । कतिपय नेताको सचिवालयमा काम गर्न सकने मानिस नभएका पनि होइनन तर उनीहरु अहाएको काम भन्दा बढि जान्नेहुन सक्दैनन । समाजवादउन्मुख राज्यनिर्माणको संबैधानीक यात्रामा रहेको नेपालको राज्यसंयन्त्र वा राजनैतिक नेतृत्वले सचिवालयमा रहने ब्यक्तिको छनौट गर्दा नै बिचार पुयाउन सक्नुपर्दछ । नेताहरुले जवाफ दिनै नसक्ने गरी ब्यक्तिबाद र परीवारबादका प्रश्न उठेका छन । परीवारका सदस्य भन्दा बिचार र मिशनका आधारमा आफन्त ठान्ने समाजवादी सभ्यतालाइ ठिक ढंगले अंगिकार गर्ने हो भने धेरै समस्या स्वत हल हुन्छन । अहिलेको नेतृत्वले न्याय र विवेकको सफटवेयर नबनाउने हो भने सामाजिक न्याय अर्थहिन हुन्छ ।

    नेतृत्वको नियत सहि हुने हो भने बिधि, नीति र पद्धतिको प्रतिबद्धतालाइ उसले सचिवालय निर्माणबाट पनि देखाउन सक्दछ । इमान्दारीता, कर्तब्यनिष्ठता, योग्यता, क्षमता वा दक्षता, काम सम्बन्धि ज्ञान वा रुचि एवं नेतृत्व सफल पार्ने एकमात्र मिशनका आधारमा सचिवालयमा जनशक्ति छनौट तथा आवश्यक ओरीयन्टेशनको ब्यबस्था गराउन सक्दछ । नेतृत्वसंगको भेटघाटका लागी आवश्यक सफटवेयरको निर्माण गर्न सक्दछ । बेवसाइट, इमेल, एसएमएस, टेलिफोन वा अन्य सापेक्ष प्रबिधिद्धारा संपर्क तथा भेटघाट र जवाफको चुस्त तथा न्यायिक ब्यबस्थापन गराउन सक्दछ । नेता जहिले पनि सmलतासंग जोडिनु पर्दछ भन्ने मान्यता राखेर सचिवालयले भुमिका पुरा गर्नुृपर्दछ ।

    (लेखक तिवारी ऐक्यबद्धता प्रकाशन नेपालका अध्यक्ष हुन् । )

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु