सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूलाई खुल्ला पत्र:

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ २ गते, आईतवार २०:२२

सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूलाई खुल्ला पत्र:

सम्माननीय प्रधानमन्त्रीज्यू,

हामी गाउँमा जन्मीयाै,थिचोमिचो हुन्थियो त्यसको बिरुद्द लडन र बोल्न कम्युनिस्ट हुनुपर्छ भन्ने कुरा हामीलाई ७-८ कक्षा देखि नै बुझाउन थालियो त्यसैगरि बुझ्यौ पनि । जीवनका सङ्घर्ष त अबिचलित छदै थिए विभिन्न कालखण्डमा हामी नेपाली जनताले बाढी पहिरो-रोग ब्याधीले गिजोली रह्यो । सङ्घर्ष अलग- अलग प्रकारका थिए । तपाईं राष्ट्र बनाउछु र देश हाक्छु भन्ने उचाईमा हुनुहुन्थियो म तपाईहरु सित हरेक पटक पर्दाका रेड आर्मी सहयोगी भएर लागिरहे । अन्तत: तपाईं जोडदार सफलरत हुनुहुन्छ,त्यहि भएर हामी पनि गाैरन्वान्वित छाै र रहने छाै।

राजनैतिक अस्थीरता लामो समय चलिरहदाँ , देशले उन्नती गर्न सक्दैन भन्ने सामान्य ज्ञान हामी जस्ता राजनैतिक चेतनसिल प्राणीमा छदैछ। पार्टि – पार्टी (बहुल पार्टी) मिलेर,तपाईले नेकपा बनाउनुभयो । हामीले देश बिकास हुन्छ भनेर, तपाईहरुले विभिन्न परिवेशमा भाषण गर्दा लगाएका आरोपहरुलाई,अकारण हामी कार्यकर्ताले अन्य पार्टीको नेताहरुलाई उल्टोनायक बनाई दियौ । समय त रोकिदैन अघि बडिरहन्छ,फेरि पार्टी फुट्यो एमाले भिन्न पार्टि बन्यो ।

अब,बलबुताका आरोप प्रत्यारोपहरु चलिरह्यो हामी एमाले – एमाले तिरै रहेम, फेरि पार्टी तितरबितर भए – म यतातिर धेरै जान चाहन्न ,जुन नाङ्गो समाजले नाङ्गिएको देखेकै हुन । आशा छ,सिङ्गो देशका कार्यकर्ताले नेकपा( एमाले) एक भएको हेर्न चाहन्छ । एमाले अजय रहेको हेर्न चाहन्छ ।निर्मम पतन भएको हेर्न कदापी चाहदैन ।

बजारभरि हल्ला छ केही भारदारको भरमा पेलेर साईजमा ल्याउदैछ रे भन्ने सुनिन्थियो तर मलाई ब्यक्तीगत रुपमा भन्नु पर्दा, आफ्ना कार्यकर्तालाई अभिबाकीय रुपमा मायाँ गर्ने ब्यक्तित्वले भारदारका कुरा मात्र सुन्ने कुरा मैले त कल्पना नै गर्न सक्दिन । अब, देखिदै छ राजनेतामा हुने गुण र स- सम्मान एकता र पार्टिलाई मिलाउने प्रक्रिया अघि बडेको छ,म यसमा हाम्रा आदरणीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यबाद दिन र एकताको खुसियालीको सन्देश देश भरिका कार्यकर्तालाई यो घडिमा प्रवाह गर्दा मिल्ने उर्जाको त म कल्पना नै गर्न सक्दिन । जुनकुरा तपाईंले बुझ्नु भएकै होला,त्यसैले म सिघ्र एकताकोलागी हार्दिक अनुरोध गर्न चाहन्छु ।

साथै यस विषम स्वास्थ्यजन्य परिस्थितिमा केही सुझाब दिन चाहन्छु ।

१. चाैबिसै घण्टा डाक्टर र प्रशासनको टिम सहितको,”स्वास्थसँग प्रधानमन्त्री ” कार्यक्रम राखीयोस,आम जनताले चाैबिसै घण्टा हटलाईन मार्फत सम्पर्क गर्न सकुन र त्यस सेवावाट नो र हुन्न भन्ने जस्ता शब्द जनताले सुन्न नपरोस ।

२.सिसिएमसीलाई “स्वास्थसँग प्रधानमन्त्री ” कार्यक्रम सँग नै समायोजन गरियोस्, जसबाट बनिसकेका सँरचनालाई ब्यबधान नपुगोस ।

३. जिल्लाका प्रत्येक पालीका र वडामा छरितो सँरचनामा आर्मि र प्रहरी सहित,प्रशासनका कर्मचारी समेत हुने गरि ,प्रत्येक दिन गरेका कामको प्रगती बिबरण सबै ठाउँबाट ” स्वास्थ सँग प्रधानमन्त्री”लाई रिपोर्टिङ्ग होस र आवस्यक देखिए स्वास्थ सँग प्रधानमन्त्री ” कार्यलयले डाईरेक्ट बिरामी जनतालाई सम्पर्क गरि आवश्यकताको बिषयमा खोजी होस ।

४. गरिब जनतासँग किनेर खान समेत समस्या हुन सक्छ,त्यस्ता समस्या समाधानकोलागी एन. टि. भी.वा अन्य समाजसेबीलाई टिम बनाएर सँचालन गर्ने जिम्मा होस, ताकी ” स्वास्थ सँग प्रधानमन्त्री ” ले एक तर्फि स्वास्थ तिर मात्रै ध्यान दिन सकोस ।

५. आवास्यक अवस्थामा पार्टि प्रा. क. देखि माथीका सबै कमिटिहरुलाई कोर्डिनेसन गरि आवश्यकता अनुसार परिचालन होस ।

” स्वास्थ सँग प्रधानमन्त्री ” कार्यक्रमले हालका स्वास्थ परिस्थितिको बारेमा मात्र ध्यान दिई खस्कदो मनस्थिति भएका जनता र आम कार्यर्तालाई जागरुक र थप जिम्मेवारी महशुस गराउन सकिन्छ ।

लेखक:हरी भक्त श्रेष्ठ लाजीम्पाट-२ काठमान्डाै (पर्यटन ब्यबसायीका साथै नेकपा(एमाले) का काठमान्डाै जिल्ला कमिटि सदस्य/ क्षेत्र न:५ को प्रदेश “क” ईन्चार्ज हुनुहुन्छ )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु