एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

पछिल्लो २४ घण्टामा देशैभरी ५,७६७ जना कोरोना संक्रमणबाट मुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते, सोमबार १८:५२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २१४ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार २१४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा गरिएको २१,६५६ पिसीआर र ४३४ ऐन्टिजेन गरी २२,०८७ नमुना परीक्षणमा ९२४७ जनामा संक्रमण पुष्टि भएको छ ।
आज भक्तपुरमा २९८, ललितपुरमा ४५४, काठमाडौंमा २३४६ गरी जम्मा ३०९८ संक्रमित थपिएका छन् । आज थपिएका ९,२४७ जनासँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी ५,७६७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५,७६७ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । हालसम्म निको हुनेको यो दर ७४.४ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पतालका आइसीयुमा १२५९ जना र भेन्टिलेटरमा ४०० जना उपचाररत छन् । आइतबारको तुलनामा भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा ६,९७० जना रहेका छन् भने होम आइसोलेशनमा रहनेको संख्या १ लाख ६ हजार ५१० रहेको छ । साथै हाल देशका विभिन्न जिल्लाका क्वारेन्टिनमा ७०८ जना रहेका छन् । केही दिनयता क्वारेन्टिनमा रहनेको संख्या बढेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २७ लाख ९२ हजार ६७३ नमुना परीक्षण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु