दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

माओवादी केन्द्रको अन्तर्रास्ट्रिय समन्वय समितिको विदेश बिभागस्थित संगठनहरुको पुनर्गठन, कस–कसले पाए जिम्मेवारी ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते, मंगलवार ११:३०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तर्राष्ट्रिय समन्वय समितिको बिस्तारित बैठकले पार्टीको विदेश बिभागस्थित संगठनहरुको पुनर्गठन गरेको छ ।नेकपा माओबादी केन्द्रका स्थायी कमिटि सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यतामा संपन्न बैठकले उक्त निर्णय गरेको हो । पुनर्गठित नेपाली जनप्रगतिशिल मंचको मध्यपुर्ब क्षेत्रिय संयोजकमा शनि कुमार ओलि कतार र सचिबमा हरि नेपाली युएई रहेका छन ।

यसैगरि एशिया प्याशिफिक क्षेत्रिय संयोजकमा हर्क थापा जापान र सचिबमा रमेश तिवारी मलेशिया रहेका छन भने मलेशियाको अध्यक्षमा प्रेम पान्डे चयन भएका छन । अन्य क्षेत्रिय समितिहरुका बारेमा छलफल भईरहेको र छिट्टै गठन हुने अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष युबराज चौलागाईले बताए ।

नेपाली जनप्रगतिशिल मंचको मध्यपुर्ब क्षेत्रअन्तर्गतका देशहरु कतारमा रकमध्वज राई अध्यक्ष र सचिबमा मोहन कार्की, युएईमा अध्यक्ष बाबुराम बिश्वकर्मा र सचिबमा रबिरमण अधिकारी, साउदी अरबको अध्यक्षमा शिबराज जैसी र सचिबमा रामचन्द्र वाग्ले रहेका छन भने ओमनको अध्यक्षमा उमेश बिक र सचिबमा पुर्ण बिक, बहराईनको अध्यक्षमा युबराज केसि र सचिबमा कमल घिमिरे , कुबेतको अध्यक्षमा मन बहादुर भुजेल (मनु मगर ) र सचिबमा राजन श्रेष्ठ, इजरायलको अध्यक्षमा अनिरुद्र शर्मा र सचिबमा दिपेन गुरुङ चयन भएका छन ।

यसै गरि जनप्रगतिशिल मंचको मध्यपुर्ब क्षेत्रिय समितिका सदस्यहरुमा प्रेम कुमार बिक कतार,जैबी राई कतार, निर्मल शाही साउदीअरब ,पदम अर्याल ओमन, जीवन श्रेष्ठ बहराईन रहेका छन भने मध्यपुर्बका सबै देशका अध्यक्षहरु पदेन सदस्य रहने क्षेत्रिय संयोजक ओलीले बताए ।

मध्यपुर्व क्षेत्रिय संयोजक भएपछी ओलीले मध्यपुर्बका सम्पुर्ण नेपाली श्रमिकहरुलाई संगठित गर्दै उनीहरुको पक्षमा आवाज उठाउने बताए । जनयुद्दको शुरुवातिदेखी नै पार्टीको लागी लडेका ओली जनयुद्द सकिएपछि कतार प्रबेस गरेका थिए । कतार बसेर पनि ओलीले पार्टीको काम ईमान्दारिताका साथ गर्दै आएका छन । हाल मध्यपुर्बमा लाखौ माओबादीका कार्यकर्ता र समर्थक रहेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु