भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

चेम्बर अफ कमर्शबाट विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते, बुधबार १८:२५

काठमाडौं, ५ जेठ- नेपाल चेम्वर अफ कमर्शले विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । चेम्वर अफ कमर्शले बुधबार उक्त सामाग्रीहरु वितरण गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई उक्त सामाग्रीहरु हस्ताण्तरण गरे । हस्ताण्तरित उक्त सामाग्रीहरु अस्पतालको तर्फबाट डा. राजेश शाहले ग्रहण गरेका थिए । सो अवसरमा चेम्वरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गर्दै डा. शाहले चेम्वरलाइ धन्यबाद ज्ञापन गरेका थिए । यसैगरी चेम्वर अध्यक्ष मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षलाइ पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् । त्रिबि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गरेमा थिए ।

त्यसै गरी चेम्वरका अध्यक्ष मल्लले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गौंगवुको लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तीनाथ साँखीलाई हस्तान्तरण गरे ।

आज हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट,सर्जिकल मास्क,सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल रहेका छन ।

अध्यक्ष मल्लले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्टे«ट उपलब्ध गराइने तयारी गरेको बताए । उक्त अवसरमा चेम्वरका उपाध्यक्ष तथा नेपाल चेम्वर कोभिड व्यवस्थापन समितिका संयोजक दीपक कुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु